
काठमाडौं । बुधबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा पाँच दलीय गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाका उम्मेदवार विजयीपछि अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका छन् । विजयी उम्मेद्वारलाई धन्यवाद दिन अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने उल्लेख गरेका हुन् ।
बुधबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार तुलप्रसाद विश्वकर्मा निर्वाचित भएका थिए ।
अध्यक्ष केसीले विज्ञप्तिमा विषम राजनीतिक परिस्थितिमा प्रतिगमनका विरुद्ध कायम पाँच दलीय गठबन्धनलाई आगामी दिनहरूमा पनि निरन्तरता दिनु आजको आवश्यकता रहेको उल्लेख गर्दै सम्पन्न राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनको संयुक्त प्रयासबाट नेकपा एमालेका उम्मेदवार पराजित हुनुले प्रतिगमनलाई परास्त गर्न र लोकतान्त्रिक गणतन्त्रको रक्षाको संघर्षमा सहयोग पुगेको उल्लेख गरेका थिए ।
अध्यक्ष केसीले नेकपा एमालेलगाएतका पार्टीहरुले ०६२÷०६३ को दोस्रो जनआन्दोलनका उपलब्धिहरुलाई समाप्त पार्ने प्रयास गरिरहेको र आउने चुनावमा बहुमत ल्याएर संविधान संशोधन गरेर गणतन्त्रको नाममा देशमा फाँसीवाद कायम गर्न षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । यस्ता गणतन्त्र विरोधी शक्तिहरुलाई पाखा लगाउन पनि पाँच दलीय गठबन्धनको औचित्य रहेकोले आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए ।
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...