
काठमाडौं । सहिद सप्ताह अन्तर्गत बिहीबार शहीद धर्मभक्त माथेमाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । काठमाडौंको सिफलमा शहीद माथेमालाई फांसीमा झुण्ड्याइएको स्थानमा अवस्थित माथेमाको सालिकमा काठमाडौं महानगरपालिकाले पुष्पगुच्छा चढाएर श्रद्धाञ्जलि अर्पण गरेको हो ।
जहानियाँ राणा शासनविरोधी आन्दोलनमा सक्रिय माथेमालाई १९९७ साल माघ १३ गते सिफलमा रहेको बकैनाको रुखमा झुण्ड्याएर फाँसी दिइएको थियो । जहानियाँ राणा शासन १ सय ४ वर्षसम्म चलेको थियो ।
शहीद माथेमा राणाशासनको विरुद्धमा केही युवाहरुको सहयोगमा सन् १९९३ मा नेपाल प्रजा परिषद् नामक संगठन स्थापना गरी राणा शासनविरोधी आन्दोलनमा होमिएका थिए ।
यसअघि शहीद सप्ताहको पहिलो दिन शहीद शुक्रराज शास्त्रीप्रति काठमाडौँको टेकुमा श्रद्धाञ्जली कार्यक्रको आयोजना गरिएको थियो ।
हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिन्छ ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...