
काठमाडौं । बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा जनशक्ति अभावका कारण हुने ढिलासुस्तीलाई अन्त्य गर्ने बताएका छन् ।
बिहीबार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालय अनुगमन गर्दै मन्त्री दाहालले सञ्चारकर्मीहरुसंगको कुराकानीमा यातायात कार्यालयमा दक्ष जनशक्तिको व्यवस्था गर्दै ढिलासुस्तीलाई अन्त्य गर्ने बताएका हुन् ।
मन्त्री दाहालले अनुगमनका क्रममा सेवालाई चूस्तदुरुस्त बनाउन निर्देशन दिदै आवश्यक सुधारको प्रयास मन्त्रालयले गर्ने बताए । यातायात क्षेत्रमा रहेका बिचौलियालाई अन्त्य गर्दै कार्यालयहरुमा हुने सेटिङलाई रोक्ने प्रयास गर्ने मन्त्री दाहालले बताए ।
बिचौलियाहरुले गर्दा यातायात कार्यालयहरु नै बदनाम भएको र यस्ता गतिविधिहरुले संग्रह नेपाली जनताहरु मारमा परेको बताए । यातायात कार्यालय एकान्तकुनालाई बिचौलीयाहरुको गतिविधि तथा सेटिङ रोक्न निर्देशन दिएको मन्त्रीले बताए ।
कार्यालयहरुमा यस्तो सूचना प्रविधिको युगमा पनि कागजी झण्झट देखिएको र यसलाई बागमती प्रदेश सरकार र मन्त्रालयले चाडै अन्त्य गर्न पहल गर्ने र यससंग सम्बन्धित कानूनी जटिलता हटाइने जानकारी दिए ।

अनुगमनका क्रममा मन्त्री दाहालले सेवाग्राहीसंग छलफल गर्दै कार्यालयमा रहेका समस्याका बारेमा जानकारी लिएका थिए । सेवाग्राहीहरुले घण्टौसम्म लाईन बस्दा पनि सहज रुपमा सेवा नपाइएकोमा आक्रोश पोख्दै सरकारले यसबारे चाडो सोच्नु पर्ने र प्रविधिमैत्री व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका थिए ।
भिडियाे…
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...