राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच राष्ट्रपति कार्यालय शीलतनिवासमा बिहीबार दिउँसो भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवाका निजी सचिव जनक भट्टले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच के–कस्तो विषयमा छलफल भयो भन्नेबारे जानकारी नभएको बताए ।

त्यस्तै, यता राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले नियमित भेटघाट अन्तर्गत समसामयिक राजनीतिक विषयमा राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल भएको जानकारी दिए ।

यता बुधबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनपछि गठबन्धनका १८ उम्मेद्वार विजयी भएकाे र प्रदेश १ मा अन्तरघातका कारण एक सिटमा एमालेका उम्मेद्वार विजयी भएका थिए । राष्ट्रियसभाकाे २० सिट मध्ये १ सिटमा राष्ट्रपति भण्डारीले मनाेनित गर्ने व्यवस्था रहेकाे छ ।

यसरी राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीचकाे भेटवार्ता अर्थपूर्ण हेरिएकाे छ ।

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ माघ १३, १८: ०३

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ माघ १३, १८: ०३

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०७८ माघ १३, १८: ०३

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...