उपत्यकामा हट्याे सार्वजनिक सवारीमा जोरविजोर प्रणाली – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

उपत्यकामा हट्याे सार्वजनिक सवारीमा जोरविजोर प्रणाली

काठमाडौं । उपत्यकाका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले स्वास्थ्यका सबै मापदण्ड प्रयोग गरी सञ्चालन गर्ने सार्वजनिक सवारी साधान (बस माइक्रो र टेम्पु) मा लगाइँदै आइएको जोरबिजोर प्रणाली हटाएको छ। बैठकले निजी सवारी साधान (दुई पाङ्ग्रेसहित) र ट्याक्सीमा जोरबिजोर प्रणाली कायमै रहने निर्णय गरेको बताइएको छ ।

शुक्रबार जारी आदेशमा अत्यावश्यक र तोकिएका सवारी साधनमा भने जोरबिजोर लागू नहुने उल्लेख गरिएको छ ।त्यस्तै, उपत्यकामा सञ्चालन हुने सवारी साधनहरुले सिट क्षमताभन्दा बढी यात्रु नराखी स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्ने भनिएको छ ।

यता, लामो दूरीमा चल्ने सवारी साधनले बीच बाटोमा यात्रु नचढाउने गरी सुरुदेखि अन्तिम गन्तव्यसम्म सञ्चालन गरी विवरण जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा उपलब्ध गराउने उल्लेख छ ।

अत्यावश्यक सेवाहरु औषधि एवं स्वास्थ्य सामग्री बोकेका, एम्बुलेन्स, दमकल, शव वाहन, ग्यास, पेट्रोलियम पदार्थ बोकेका सवारी साधन (चालक सहचालक मात्र) मा जोरबिजोर प्रणाली लागू नहुने आदेशमा उल्लेख छ।

यता, सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास भएका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधान, सरकारी र कूटनीतिक नियोगका सवारीसाधन सञ्चालन गर्न पाइने काठमाडौँका निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलद्वारा जारी आदेशमा उल्लेख छ ।

बैठकले सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरिएको र जिल्ला भित्रका सबै सार्वजनिक तथा सरकारी निकायमा आलोपालो सेवा प्रवाहको प्रबन्ध गर्नेगरी व्यवस्था गर्न भनेको छ ।

त्यसैगरी शैक्षिक क्रियाकलाप माघ मसान्तसम्मका लागि भर्चुअल तथा वैकल्पिक शिक्षण सिकाइ विधिमा सञ्चालन गर्नुपर्ने छ भने जनशक्ति भर्ना, परीक्षा वैदेशिक रोजगारीका लागि सञ्चालन हुने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक परीक्षा भने जनस्वास्थ्यको मापदण्डपालना गरी सञ्चालन गर्न सकिने व्यवस्था गरेको छ ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ माघ १५, ०८: २६

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ माघ १५, ०८: २६

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७८ माघ १५, ०८: २६

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...