नीजि प्रयोजकका लागि मन्त्रालय मातहतको भौतिक सम्पति प्रयोग गर्न नमिल्नेः मन्त्री पाैडेल – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

नीजि प्रयोजकका लागि मन्त्रालय मातहतको भौतिक सम्पति प्रयोग गर्न नमिल्नेः मन्त्री पाैडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले राजधानीको केन्द्र केशरमहलमा रहेको केशर पुस्तकालयको सम्पत्ति व्यापारिक रूपमा प्रयोग गर्न नदिने स्पष्ट पारेका छन् ।

आइतबार केशर पुस्तकालयको अवस्थाको निरिक्षण गर्दै मन्त्री पौडेलले पुस्तकालयको बाहिर रहेको जमिन नीजि प्रयोजनका लागि दिन खोजिएको समाचारप्रति ध्यानाकर्षण भएको बताए हुन् ।

मन्त्री पौडेलले कुनैपनि प्रकारको नीजि प्रयोजकका लागि शिक्षा मन्त्रालय मातहतको भौतिक सम्पति प्रयोग गर्न नदिने उल्लेख गरेका हुन् । कहीकतै मन्त्रालय मातहतको भौतिक सम्पति व्यापारिक प्रयोजनका लागि प्रयोग भएको भए फिर्ता ल्याउने बताए ।

भूकम्पबाट क्षति भएको पुस्तकालयको ६ महिनाभित्र पुननिर्माण हुने दावी गर्दै मन्त्री पौडेलले पुनः निर्माणका लागि बजेट लगाएको समस्या देखिए मन्त्रालयले समाधान गर्ने र पुस्ताकालयको अनुगमनका क्रममा तोकिएको समयभित्रै पुननिर्माण गर्न निर्देशन दिइएको बताए ।

त्यस्तै, अनुगमनका क्रममा मन्त्री पौडेले ऐतिहासिक बस्तुको संरक्षण गरि पुननिर्माण गर्न पनि निर्देशन दिएका थिए । तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरका छोरा केशरशमशेरका परिवारजनले केशर पुस्तकालयसहित ३४ रोपनी जमिन सरकारलाई दान दिएपछि शिक्षा मन्त्रालयअन्तर्गत सञ्चालन हुँदै आएको छ ।

पुस्तकालयमा ६० हजारभन्दा बढी पुस्तक, महत्वपूर्ण सामाग्री, पाण्डुलिपि, पेन्टिङ, तस्बिर, जनावरको ओखटोपहारसमेत रहेका छन् ।

भिडियाे…

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ माघ १६, १४: १३

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ माघ १६, १४: १३

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ माघ १६, १४: १३

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...