
काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले बाढी पहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणको काम सुरु गरिसकेको बताएका छन् ।
आइतबार खानेपानी मन्त्रालयलमा पत्रकार सम्मेलन गर्दै मन्त्री चौधरीले अस्थायी उपायको रुपमा मेलम्चीको पानी पथान्तरण गरी काठमाडौं उपत्यकामा ल्याउन निर्माण कम्पनी सिना हाइड्रोसँग ठेक्का सम्झौता भइसकेको र पुनर्निर्माणको काम सुरु गरिसकेको बताएका हुन् ।
मन्त्री चौधरीले यस बर्षभित्रै मेलम्चीको खानेपानी बितरण गर्ने सरकारको घोषणालाई पुरा गर्न मन्त्रालय प्रतिवद्ध रहेको जानकारी दिंदै एसियाली विकास बैंक (एडीबी)ले मेलम्चीमा आएको बाढी र पहिरोका कारण पुगेको क्षतिको विवरण, त्यसको कारण र स्थायी समाधानका उपायका लागि जलाधार संरक्षण गर्ने विषयमा अध्ययन गरिरहेको र प्रतिवेदन प्राप्त भएपछि आवश्यक कार्यायोजना बनाइ कार्यान्वयन गरिने पनि बताए ।
पत्रकार सम्मेलनमा मन्त्री चोधरीले खानेपानी महशुल निर्धारण आयोग गठन प्रक्रिया अघिबढाइएको र आगामी दिनमा समयसापेक्ष, बैज्ञानिक एवं व्यवहारिक महशुल दल निर्धारण हुने अपेक्षा गरे ।

सरकारको आगामी नीति तथा कार्यक्रममा खानेपानीको गुणस्तर परिक्षणलाई राष्ट्रिय अभियानको रुपमा परिचालन गरिने गरि आवश्यक तयारी गरिएको मन्त्री चौधरीले जानकारी दिए ।
मन्त्री चौधरीले सरसफाई अन्तर्गत सरकारले घोषणा गर्दै आएको खुला दिशामुक्त क्षेत्रको दिगोपनका लागि प्रदेश सरकार, स्थानीय तह र सरोकारवाला निकायसंगको सहकार्य गरि बिशेष कार्यक्रम ल्याइने जानकारी दिए ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...