प्रधानमन्त्री, प्रचण्ड र नेपालबीच भेटवार्ता, एमसीसीका विषयमा छलफल – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

प्रधानमन्त्री, प्रचण्ड र नेपालबीच भेटवार्ता, एमसीसीका विषयमा छलफल

काठमाडौं । सत्तारुढ गठबन्धन दलका तीन शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

सत्ता साझेदार दलका तीन नेताहरुबीच एमसीसी र स्थानीय तहको निर्वाचनबारे छलफल भएको उच्च स्रोतले बताएको छ । छलफलका क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गरेर मात्र संसदबाट अनुमोदन गर्नु पर्ने बताएका थिए । त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि यथास्थितिमा एमसीसी पारित गर्न नहुने बताएको बालुवाटार स्रोतले जानकारी दिएको हो ।

यता, अमेरिकी सहयोग परियोजना (एमसीसी) पारितका लागि सदनमा दर्ता भइसकेको भएपनि अहिलेसम्म संसदमा टेबुल गरिएको छैन ।

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ माघ १७, १४: ०४

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ माघ १७, १४: ०४

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०७८ माघ १७, १४: ०४

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...