
काठमाडौं । सोमबार नेपाली काँग्रेसको बागमती प्रदेशका पदाधिकारीहरुसंगको भेटघाटका क्रममा काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठमा चुनाव हुने बताएका छन् ।
भेटघाटका क्रममा प्रधानमन्त्री देउवाले आगामी जेठ ४ लागि स्थानीय तहको निर्वाचन मिति तोक्ने संकेत गरेको स्रोतले जानकारी दिएको हो ।
नेपाली काँग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले प्रधानमन्त्री देउवासंगको भेटघाटमा प्रम देउवाले २०७९ जेठ ४ मा स्थानीय तहको निर्वाचन हुने बताएको जानकारी दिए ।
बागमती प्रदेश महामन्त्री श्रेष्ठले प्रधानमन्त्री समयमै चुनाव गराउने पक्षमा रहेको बताए । स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न प्रदेश कार्यसमितिलाई निर्देशन दिएको बागमती प्रदेश महामन्त्री श्रेष्ठले जानकारी दिए ।
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...