
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधानको मर्म र भावना अनुसार नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन् । मंगलबार आफ्नो निर्वाचन क्षेत्रमा कोरोनाबिरुद्धको खोप अभियानको निरक्षणका क्रममा नेता सिंहले निर्वाचन आयोगले संविधान र कानुनबमोजिम स्थानीय तहको निर्वाचनको मिति प्रस्ताव गरिसकेकाले सरकारले आवश्यक प्रक्रिया पु¥याएर निर्वाचनको मिति तय गर्नुपर्ने बताएका हुन् ।

वर्तमान पाँच दलीय सत्ता गठबन्धन र सरकार नै संविधान र लोकतन्त्रको रक्षा गर्ने सन्दर्भमा निर्माण भएकाले यो सरकारले संविधान मिच्न नमिल्ने तर्क नेता सिंहको तर्क छ । तत्कालीन कम्युनिष्ट सरकारले जनताको म्याण्डेड बमोजिम कार्य गर्न नसकेको र संविधानलाई भंग गर्ने प्रयास गरेकाले संविधानको रक्षा गर्न गठबन्धन सरकार बनेको उनले स्मरण गरे ।
यस्तै, मंगलबार नै बागमति करिडोरका बारेमा जानकारी लिदै नेता सिंहले बागमती नदि किनारमा स्थानीयको प्रयासमा निर्माण भएका पार्कलाई एकीकृत बागमती आयोजनाले मास्न नहुने बताए ।

नेता सिंहले बागमती किनारमा रहेका पार्क, बगैंचा निर्माण गरिरहेका संघसंस्था र स्थानीयहरुसंंग केही समय छलफल गरेका थिए ।
भिडियाे…
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...