कमिशनको चक्करमा १५ लाख झँवाम्म, एम्बुलेन्ससमेत गायब – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

कमिशनको चक्करमा १५ लाख झँवाम्म, एम्बुलेन्ससमेत गायब

बाँके । जनप्रतिनिधी कै मिलिमत्वमा चरम लुटतन्त्र अघि बढेको कोहलपुर नगरपालिकामा एकपछि अर्को विवादका सृङ्खला देखिन थालेको छ । पटक पटक विवादमा आइरहने यस नगरपालिकामा अहिले एम्बुलेन्स खरिद काण्डले शिखर चुमेको छ । एम्बुलेन्स खरिदमा कमिशनको सेटिङ्ग छताछुल्ल भएपछि विवाद उत्कर्षमा पुगेको हो ।

बर्सेनी नयाँ गाडी खरिद गरेर सरकारी सम्पतिको दोहन गरिरहेको नगरपालिकाले एम्वुलेन्स खरीद गर्न नसक्दा फेरि बिबाद बल्झिन पुगेको सार्वजनिक भएको छ । गत भदौंमा कोहलपुर नगरपालिकाको कार्यपालिकाको बैंठकले नै एम्बुलेन्स खरिद गर्ने निर्णय गरेपनि कार्यपालिकाको निर्णय अनुसार अझै एम्बुलेन्स खरिद गर्न नसकेपछि बिबाद सतहमा आएको हो ।

कोरोना महामारीका बेला एम्बुलेन्स खरिदको साटो ‘क्रेटा कार’ खरिद गरेको नगरपालिकाले चौतर्फी आलोचना खेप्न परेको छ । सामान्य अवस्थामा पनि एम्बुलेन्स सञ्चालन गनुपर्नेमा महामारीको समयमा एम्बुलेन्स खरिद गर्न नसक्नु लाजमर्दो बिषय भएको नगर स्वास्थ्य शाखाको ठम्याइ छ । कोहलपुरमा १०० भन्दा बढिको संख्यामा कोरोना संक्रमित रहेका छन् । उनीहरुका लागि भरपर्दो एम्वुलेन्स छैन ।

नगरपालिकाले विलासिताका लागि सवारी साधन खरिद गर्नुभन्दा एम्वुलेन्स खरीद गर्नुपर्नेमा मेयर रावतको ठाडो निर्देशनमा आवश्यकता पहिचान नगरेरै गत बर्ष क्रेटा गाडी खरिद गरिएको स्थानीयले गुनासो सुनाए । मेयर रावतको विलासिताका लागि सुविधायुक्त कार खरीद गर्ने कोहलपुर नगरपालिकाभित्रका स्वास्थ्य संस्था भने अहिले पनि एम्वुलेन्सबिहीन रहेको स्वास्थ्यकर्मी बताउँ छन् ।

एम्वुलेन्स नहुँदा नगरपालिका अन्तरगतका १५ वटा स्वास्थ्य संस्था र स्थानीयले सास्ती खेप्दै आएको बताएका छन् । पटक–पटक स्वास्थ्य शाखाले एम्बुलेन्सको माग गरे पनि हालसम्म खरिद नभएको स्वास्थ्य शाखाका कर्मचारी बताउँछन् । एम्बुलेन्स खरिदका लागि नियमित रूपमा दुई आर्थिक वर्षमा बजेट विनियोजन भए पनि हालसम्म एम्बुलेन्स खरिद गर्न नसकेपछि नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच दुरी बढेको छ ।

कोरोनाको तेस्रो लहर फैलिसक्दा समेत एम्वुलेन्स नआएपछि जनप्रतिनिधि नै असन्तुष्ट बनेका छन् । यता नगरपालिकाले एम्बुलेन्स भाडामा सञ्चालन गरेवापत एक बर्षको अवधिमा १५ लाख बढी रुपैयाँ भुक्तानी गरिसकेको छ । तर, अझै एम्वुलेन्स खरिद गर्ने सुरसार देखिएको छैन । एम्वुलेन्स खरिदका लागि आफु आउनुभन्दा पहिले नै टेन्डर भए पनि पक्रिया नपुगेर समस्या भएको कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बताए ।

नगरपालिकाले भन्सार छुटमा सस्तोमै किन्न सकिने एम्वुलेन्स खरीद नगरेर नागरिकको स्वास्थ्यमाथि खेलबाड गरिरहेको नागरिकको भनाइ छ । सरकारी सम्पतिको चरम दोहनमा सक्रिय भएको आरोप लागेको नगरपालिकामा हाल एउटा महिन्द्रा स्कारपियो, क्रेटा कार, एउटा टाटा सुमो र कर्मचारी तथा जनप्रतिनिधिका लागि करिब तीन दर्जन मोटरसाइकल, एउटा स्कुटर रहेको स्टोर शाखाले जनाएको छ ।

नयाँ विकल्प साप्ताहिकबाट….

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ माघ १८, १५: ३८

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ माघ १८, १५: ३८

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ माघ १८, १५: ३८

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...