स्थानीय निर्वाचनकाे मिति घाेषणा गर्ने सरकारकाे तयारी – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

स्थानीय निर्वाचनकाे मिति घाेषणा गर्ने सरकारकाे तयारी

काठमाडौं । आज (सोमबार) दिनको तीन बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा बैठक बोलाएको सचिवालयले जनाएको हो ।

आजको बैठकमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने सरकारको तयारी रहेको बताइन्छ । यसअघि बसेको सत्ता गठबन्धनको बैठकले निर्वाचन आयोगले सिफारिस गरे अनुसार चुनावको घोषणा गर्ने निर्णय गरेको थियो ।

त्यस्तै, आइतबार बसेको तीन दलको बैठकमा प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) र स्थानीय तह निर्वाचनको बारेमा छलफल गरेका थिए । बैठकमा प्रधानमन्त्री देउवाले अब मन्त्रिपरिषद्को बैठकबाट निर्वाचन मिति घोषणा गर्ने जनाएको स्रोतको दावी छ ।

यसअघि नै निर्वाचन आयोगले ४ जेठ २०७९ मा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ माघ २४, ११: ०७

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ माघ २४, ११: ०७

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०७८ माघ २४, ११: ०७

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...