निर्वाचन सुरक्षाका लागि कम्तिमा एक लाख म्यादि प्रहरी भर्ना गर्ने तयारी – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

निर्वाचन सुरक्षाका लागि कम्तिमा एक लाख म्यादि प्रहरी भर्ना गर्ने तयारी

काठमाडौं । सरकारले आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्न तयारी गरिरहेको बेला प्रहरी प्रधान कार्यालयले चुनावका लागि १ कम्तिमा लाख बढि म्यादी प्रहरी चाहिने आकलन गरेको छ ।

सत्तारुढ गठबन्धनका दलहरुमा संविधान र एनेहरु बाझिएकाले ऐन संशोधन गरेर निर्वाचन गर्ने छलफल भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीहरूसँगको भेटमा आयोगले प्रस्ताव गरेकै मितिमा चुनाव गर्न सरकार तयार रहेको बताएका थिए ।

स्थानीय तहको निर्वाचनको मिति आजको मन्त्रिपरिषद्को बैठकले गर्ने विश्वास गरिएको छ । यसअघि आइतबार प्रधानमन्त्री देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पचण्डबीच भेटवार्ता भएको थियो ।

भेटमा प्रधानमन्त्री देउवाले आयोगले प्रस्ताव गरेको मितिमा नै निर्वाचन हुने बताएपछि ऐन संशोधनको विषय बन्द भएसंगै अब स्थानीय तहको चुनावी माहौल तातेको छ।

त्यस्तै प्रहरी प्रधान कार्यालयले निर्वाचनमा एक लाख बढि म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव सहितको योजना गृह मन्त्रालयमा बुझाउने तयारी गरेको बताएको छ । प्रहरी प्रधान कार्यालयले मुलुकभर एकै चरणमा चुनाव गर्दा धेरै म्यादी आवश्यक हुन्छ भने धेरै चरणमा निर्वाचन गर्दा थोरै म्यादी हरी भए सुरक्षा दिन सकिने प्रहरी प्रधान कार्यालयको विश्लेषण छ ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ माघ २४, १४: ५०

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ माघ २४, १४: ५०

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७८ माघ २४, १४: ५०

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...