
काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० मा गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद्को बैठक बस्न अघि निर्वाचन आयोगसंग परामर्श गरि आगामी ३० बैशाखमा निर्वाचन गर्ने तयारी गरेको एक मन्त्रीले नयाँ विकल्पलाई बताए ।
यसअघि आयोगले सरकारलाई एकै चरणमा निर्वाचन गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखको मिति सिफारिस गरेको थियो । स्थानीय तह निर्वाचनका विषयमा सत्तारुढ गठबन्धनका दलहरुले छुट्टाछुट्टै धारणा बनाउँदा ऐन, कानुनहरु संशोधन गर्नुपर्ने बहस सुरु भएको थियो ।
सत्ता गठबन्धनमा ऐन, कानुन संशोधनको बहस सुरु हुँदा निर्वाचन आयोगले जेठ ४ गते निर्वाचन गर्न सकिने प्रस्ताव गरेको थियो । गठबन्धनका दलहरुबीच जेठ मशान्तसम्ममा निर्वाचन गर्ने सहमति भएको थियो ।
त्यस्तै, नेपालको संविधान २०७२ले स्थानीय तह जनप्रतिनिधिविहीन हुने कल्पना नगरेको र स्थानीय तह निर्वाचन ऐनकाअनुसार हा कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने व्यवस्था गरेको छ ।
संविधानले जनप्रतिनिधिविहीन स्थानीय तहको कल्पना नगरेका ले सरकारले निर्वाचन आयोगसंग परामर्श गर्दै आगामी ३० बैशाखमा निर्वाचन गर्ने निर्णय गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ।
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...