बिद्यार्थीहरुलाई निशुल्क इन्डक्सन चुलो वितरण गर्न अनेरास्ववियुकाे माग – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

बिद्यार्थीहरुलाई निशुल्क इन्डक्सन चुलो वितरण गर्न अनेरास्ववियुकाे माग

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट बिद्यार्थी संगठन अनेरास्ववियुले तत्काल बिद्यार्थीहरुलाई निशुल्क इन्डक्सन चुलो वितरण गर्न माग गरेको छ ।

सोमबार सिंहदरबारमा ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भूसाललाई ज्ञापन पत्र बुझाउदै अनेरास्ववियुले इन्धनको मूल्यमा बृद्धि भइरहेको अवस्थामा तत्काल बिद्यार्थीहरुलाई निशुल्क इन्डक्सन चुलो वितरण गर्न माग गरेको हो ।

संगठनले सरकारले इन्धनको मूल्यबृद्धि गर्नमात्र नभई यसका अरु बिकल्पबारे योजना बनाउनुपर्ने जनाएको छ । त्यस्तै बिधुतिय माध्यमबाट चल्ने यातायातका साधनको प्रयोगलाई प्राथमिकता दिन पनि संगठनले मन्त्री भूसालको ध्यानाकर्षण गराएका छन् ।

नेपालमा बिधुतको उत्पादनमा जोड दिन सकिए सस्तोमा जनताका आवश्यकताहरु परिपूर्ति गर्न सकिने प्रशस्त आधारहरु रहेको अनेरास्ववियुको भनाई छ ।

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ माघ २४, १७: ३५

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ माघ २४, १७: ३५

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०७८ माघ २४, १७: ३५

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...