विगतमा जस्तै विदेशमा रहेका नेपालीले यसपटक पनि मताधिकार प्रयोग गर्न नपाउनेः निर्वाचन आयोग – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

विगतमा जस्तै विदेशमा रहेका नेपालीले यसपटक पनि मताधिकार प्रयोग गर्न नपाउनेः निर्वाचन आयोग

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन मिति ३० बैशाखमा घोषणा गरेसंगै विदेशमा रहेका नेपालीहरुले निर्वाचनमा मतदान गर्न पाउने÷नपाउने विषयमा बहस सुरु भएको छ । निर्वाचन आयोगले पहिले जस्तै यो वर्षको स्थानीय तह निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकहरुले निर्वाचनमा भाग लिन नपाउने जनाएको छ ।

वर्तमान कानुनी व्यवस्था र निर्वाचनको समय अपुगका कारण विदेशमा रहेका नेपालीले आफ्नो मताधिकार प्रयोग गर्न नपाउने निर्वाचन आयोगले जनाकारी दिएको हो । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपिलियाले हालसम्मको कानुनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था नभएकाले मतदान सहभागि हुन नपाउने बताए ।

यता, निर्वाचनको तयारीका लागि कानुनत १ सय २० दिन चाहिने प्रराब्धान रहेको छ भने सरकारले घोषणा गरेको मितिमा निर्वाचनको तयारी गर्न करिव ९५ दिन मात्रै बाँकी रहेको छ । समय कम भएकाले कतिपय प्रक्रिया फास्ट ट्र्याकबाट काम गरिने आयुक्त थपिलियाको भनाई छ ।

वैशाख ३० गते सरकारले एकैपटक स्थानीय तहको निर्वाचन गर्ने मिति तोकेपछि निर्वाचन आयोगले तयारी थालेको छ । आजदेखि मतदाता नामावली अद्यावधिक गर्ने काम सुरु हुने आयोगले जनाएको छ ।

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ माघ २५, १२: ३२

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ माघ २५, १२: ३२

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०७८ माघ २५, १२: ३२

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...