
काठमाडौं । नेपाली काँग्रेस नेतृ तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप क्षेत्रको अनुगमन गर्दै भृकुटीमण्डप क्षेत्रमा व्यवासाय गरी भाडा नतिर्नेमाथि तत्काल कारबाही गर्ने बताएकी छिन् ।
मंगलबार दिउँसो हङकङ बजारसहित भाडामा लिएका अन्य भवनहरूको अनुगमनका क्रममा मन्त्री रेग्मीले यहाँ व्यवसाय सञ्चालन गरेका केही व्यापारीहरुले स्टल भाडा समेत नतिरेको पाएपछि सञ्चारकर्मीहरु माझ भृकुटीमण्डपभित्र भाँडा नतिर्ने र अनियमितता गर्नेमाथि तत्काल कारबाही गर्ने चेतावनी दिएकी हुन् ।
त्यस्तै मन्त्री रेग्मीले पटक पटक यस क्षेत्रमा अनियमितता भइरहेको बताएपछि अनियमितता गर्नेलाई कारबाहीको दायरामा ल्याउन आफूले सो क्षेत्रको अवलोकन गर्नु परेको बताइन् ।
यसरी अनियमिता गरेको पाइएका कारण आफ्नै आँखाले देखेर सुधार गर्न सकिन्छ भन्ने मनसायले भृकृटीमण्डपलाई नियमन गर्न र व्यवस्थित गर्न बस्नु भएका सम्पूर्णले सहयोग गर्दा व्यजस्थित गर्न सकिने बताइन् ।
यसअघि मण्डपका स्टलहरुमा केही विचौलियाहरुले भाडामा लगाउने गरेको पाइएकाले अब भृकुटीमण्डपमा भाडा सम्झौता गर्न समाज कल्याण परिषद्लाई जिम्मेवारी दिने व्यवस्था गर्न लागिएको बताइन् ।
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...