खेलकुद क्षेत्रको नीति निर्माण गर्न पहलकदमी लिन्छुः संयाेजक बस्नेत – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

खेलकुद क्षेत्रको नीति निर्माण गर्न पहलकदमी लिन्छुः संयाेजक बस्नेत

काठमाडौं । नेपाल खेलकुद महासङ्घका संयोजक पर्शुराम बस्नेतले खेलकुदको क्षेत्रको नीति निर्माण गर्न पहलकदमी लिने बताएका छन् । मंगलबार काठमाडौंमा पदबहाली गर्दै बस्नेतले खेल क्षेत्रलाई सुधार गर्नुपर्ने भन्दै यसका लागि नीति निर्माण गर्न पहलकदमी लिने बताएका हुन् ।

वर्षभरि गरेको प्रदर्शनका आधारमा खेलका सबै विधाहरुमा उत्कृष्ट हुने खेलकर्मीहरुलाई छनोट गरी नगदसहित सम्मान गरिने उनले बताए । महासंघको अधिवेशनमा बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसीपको उपाधि विजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई पनि नगदसहित सम्मान गरिने बस्नेतको भनाई छ ।

सो अवसरमा यसअघिका संयोजक रमेश पौडेलले पद हस्तान्तरण गरेका थिए । पौडेल एमाले केन्द्रीय सदस्य मनोनित भएपछि संयोजकको जिम्मेवारीमा बस्नेतलाई ल्याइएको हो ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ माघ २५, १४: ५३

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ माघ २५, १४: ५३

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७८ माघ २५, १४: ५३

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...