लोसपा नेपालले भन्याे स्थानीय निर्वाचनको मिति घोषणा सकारात्मक – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

लोसपा नेपालले भन्याे स्थानीय निर्वाचनको मिति घोषणा सकारात्मक

काठमाडौं । सरकारले गरेको स्थानीय तहको निर्वाचनको मिति घोषणालाई सकारात्मक रुपमा लिएको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले जनाएको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै लोसपाका अध्यक्ष जितेन्द्र सोनलले आवधिक निर्वाचनबाट मात्रै लोकतान्त्रिक स्थायित्वमा पुग्न सकिने उल्लेख गर्दै सरकारको निर्णय स्वागतयोग्य रहेको बताए । अध्यक्ष सोनलले निर्वाचनबाट मात्रै संसदीय प्रणाली, बहुदलीय व्यवस्था, लोकतान्त्रिक मुल्य मान्यता एवम् विधिको शासनलाई सुदृढ एवम् संस्थागत गर्ने हुँदा सकारात्मक रुपमा लिएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यस्तै, विज्ञप्तिमा २ असोज ०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीको पाँच वर्षको पदावधिको अधिकारबाट वन्चित नगर्न उल्लेख गरिएको छ ।

यसरी समय अगावै जनप्रतिनिधिहरुलाई अधिकारबाट वञ्चित गराउँदा संविधानको मर्म र भावनाविपरीत हुने बताइएको छ ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ माघ २६, १३: ३३

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ माघ २६, १३: ३३

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ माघ २६, १३: ३३

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...