तीनै तहकाे चुनावमा नेसाँसंघ नेपाली कांग्रेसलाई पहिलो दल बनाउन लागि पर्ने – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

तीनै तहकाे चुनावमा नेसाँसंघ नेपाली कांग्रेसलाई पहिलो दल बनाउन लागि पर्ने

काठमाडौं । नेपाल साँस्कृतिक संघले काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै आगामी तीन वटै तहको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन संघले प्रचार–प्रसारको जिम्मेवारी लिने बताएको छ ।

साँस्कृतिक संघका सभापति तीर्थ बहादुर थापाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई अत्याधिक मतले विजयी गराउनका पार्टीले गरेका कामहरु र भविष्यमा गर्ने कामको सम्बन्धमा गीत, संगीत, नाटक, प्रहसन, नृत्यको माध्यमबाट जनतासम्म पुर्‍याउने बताउँदै यसका लागि स्रष्टा र स्वास्थ्यकर्मीहरुलाई सक्रिय र सशक्त रुपमा परिचालन गरिने बताए ।

सभापति थापाले नेपालमा कला, संस्कृतिको धेरै महत्व रहेको उल्लेख गर्दै गीतको भाषामार्फत कांग्रेसको योगदान र अबको आवश्यकत्ताबारे जनतासमक्ष पुर्‍याउने पनि जनाए । सबै प्रदेशमा फागुनभित्रमा रहेका कलाकारहरुलाई प्रशीक्षण दिने कार्यक्रम तय गरेको पनि उनले सुनाए ।

सांस्कृतिक संघले कांग्रेसलाई आगामी निर्वाचनमा मजबुद बनाउन पालिका, जिल्ला र प्रदेशमा पनि संगठन÷संरचना विस्तार गर्न लागिएको थापाकाे भनाइ थियाे । सातै प्रदेशका सबै जिल्लाहरुको पालिकाहरुमा (७ सय ५३ पालिका) लाई चैत्र मसान्तसम्म संगठन विस्तार गरेर तीनै तहको निर्वाचन केन्द्रीत कांग्रेसको प्रचारप्रसारको जिम्मेवारी दिनेपनि बताए । उनले भने,‘तीनै तहका आगामी निर्वाचनमा कांग्रेसको जनमत बढाउनको लागि सांस्कृतिक कार्यक्रम तय गर्न खोजेको हाैं ।’ सबै विधाका कलाकारहरुलाई केन्द्रीय समितिमा समेटेको पनि उनले विश्वास दिलाए । आफुहरुले कांग्रेसलाई शसक्त र मजबुद बनाउन चाहेको पनि उनले स्पष्ट पारे ।

७७ वटा जिल्लामा संरचना भएको सांस्कृतिक संघले १५ वर्षको अवधिमा लोकगीत, चलचित्र, अभिनय, नाटकलगायत सबै विधालाई समेटेको उनले बताए । संघले २ वटा अधिवेशन सम्पन्न गरिसकेको र अब तेस्रो अधिवेशन नजिक रहेको पनि जानकारी दिए । महामन्त्री राजेन्द्र खत्रीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ माघ २६, १३: ५५

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ माघ २६, १३: ५५

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०७८ माघ २६, १३: ५५

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...