
काठमाडौं । स्वास्थ्यमन्त्री विरोध खतिवडाले सबै नागरिकका लागि छिटै कोरोना बिरुद्धको बुष्टर डोज प्रदान गरिने बताएका छन् ।
बुधबार मन्त्रालयमा नेकपा एकीकृत समाजवादी निकट बिद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापन पत्र बुझ्दै मन्त्री खतिवडाले अहिले अग्रपङ्तीमा काम गर्नेलाई दिइएरहेको बुष्टर डोज केहि दिनभित्रै सवै नागरिकका लागि प्रदान गर्न सरकार लागिएको बताएका हुन् ।
त्यस्तै स्वास्थ्य मन्त्री खतिवडाले बिद्यार्थीहरुका लागि पनि खोप प्रदान गर्ने काम सुरु भइरहेको र यसलाई थप प्रभावकारी बनाउँन सबै विद्यार्थी, स्वास्थ्यकर्मीहरुले लाग्नुपर्ने बताए । मन्त्री खतिवडाले विदेशबाट कोरानाबिरुद्धको खोप ल्याउने काम जारी रहेकाले खापको अभाव नहुने स्पष्ट पारे ।

त्यस्तै खतिवडाले बिपन्न बर्गका लागि स्वास्थ्य उपचार निःशुल्क रहेको र यसबारे सर्वसाधारण नागरिकहरुमा जानकारी नहुदा यो प्रभावकारी हुन नसकेको बताए ।
अनेरास्ववियुले सरकारी र सामुदायिक अस्पतालमा बिद्यार्थी, किसान, मजदुर लगाएत आर्थिक अभाव भएका नागरिकको उपचार चेकजाँच दर्ता निःशुल्क बनाएर सहज उपचार गर्ने वातावरण बनाउन माग गर्दै मन्त्री खतिवडालाई ज्ञापन पत्र बुझाएको अध्यक्ष सुदेश पराजुलीले दिए ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...