थप २ हजार ४०१ जनामा कोरोना स‌क्रमण पुष्टि, १४ को मृत्यु – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

थप २ हजार ४०१ जनामा कोरोना स‌क्रमण पुष्टि, १४ को मृत्यु

काठमाडौं । बुधबार देशभर २४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका कूल १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा २ हजार ४०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

त्यस्तै सोही अवधिमा कोरोनाभाइरस संक्रमणका थप १४ जनाको ज्यान गएको छ भने ७ हजार ७७७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले हाल देशभर कोरोनाभाइरसका सक्रिय संक्रमित कूल ३० हजार २४१ जना रहेको बताएको छ ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ माघ २६, १७: ०१

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ माघ २६, १७: ०१

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७८ माघ २६, १७: ०१

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...