
धनकुटा । नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पसको १३ औं अधिवेशनबाट सुवास भण्डारीको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । पूर्व क्याम्पस समिति सभापति तथा नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईले अधिवेशनकाे उद्घाटन गरेका थिए ।
क्याम्पसको १३औं अधिवेशनले उपसभापतिद्धयमा महेश सुवेदी, कलम लिम्बु, सचिवद्धयमा युवराज कार्की, सुवास खनाल, सहसचिवहरुमा क्रमश ममता राई, रिता भट्टराई, मनिसा पाचकोटी, विरेन्द्र भण्डारी र कोषाध्यक्षमा निशा राईलाई चयन गरकोे छ ।
निर्वाचन समितिका सदस्य हिमा चेम्जोगले अधिवेशनले सदस्यहरुमा रन्जन कार्की, अनिस भट्टराई, निर्मला कार्की, सिर्जना माझी, सुनिता बास्कोटा, मनिला थापा, रुपा भण्डारी, किशोर श्रेष्ठ, सुनिता तामाङ, रिया कार्की, बिनिता कार्की, इन्दु भट्टराई र अन्जु बास्कोटालाई चयन गरेको नयाँ विकल्पलाई जानकारी दिए ।
नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पसका सभापति करुणा कटुवालको अध्यक्षमा सम्पन्न भएको को १३ औ अधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई, सचिव विजय सन्तोषी राई, पार्टी प्रवक्ता खगेन्द्र घिमिरे, महाधिवेशन प्रतिनिधि सुमना तिम्सिना, क्षेत्रीय सभापति राजन पौडेल, नगर सभापति नरेश श्रेष्ठ, नेपाल तरुण दल धनकुटाका अध्यक्ष रुवराज पराजुली, नेपाल विद्यार्थी संघ धनकुटाका जिल्ला अध्यक्ष बालानन्द दाहाल, नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोग, नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
विद्यार्थी आन्दोलनको शक्ति मात्र नभएर सिर्जनाका प्रतिक भएको बताउँदै नवनिर्वाचित पदाधिकारीहरु र सदस्यहरुलाई नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेस धनकुटकाका सचिव तथा संगठन विभाग प्रमुख विजय सन्तोषी राईले पद तथा गोपनियताको शपथ गराउनु भएको थियो ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...