
काठमाडौं । पार्टी कार्यालय सानेपामा नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक सुरु भएको छ ।
बैठकमा प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना (एमसीसी), स्थानीय तहको निर्वाचन र म्याद सकिएका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको महाधिवेशनलगाएतका विषयमा छलफल हुने बताए ।
काँग्रसको १४औं महाधिवेशनपछि सभापति देउवाले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिमा बनाएका थिए ।
समितिमा केन्द्रीय पदाधिकारीबाट सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, भीष्मराज आङदेम्बे, उमाकान्त चौधरी, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय डिना, किशोरसिंह राठौंर, बद्री पाण्डे र जीवन परियार रहेका छन् ।
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...