एमसीसी देशको पक्षमा रहेको काँग्रेस कार्य सम्पादन समितिकाे निश्कर्ष – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

एमसीसी देशको पक्षमा रहेको काँग्रेस कार्य सम्पादन समितिकाे निश्कर्ष

काठमाडौं । नेपालमा अमेरिकी सहयोग परियोजना (एमसीसी) का पक्ष र विपक्षमा बहस भइरहेका बेला नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) संसद्‍बाट अनुमोदन गर्नुपर्ने निश्कर्ष निकालेको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमसीसी देशको पक्षमा रहेको निश्कर्ष निकाले हो ।

बैठकमा सभापति देउवाले सरकार एमसीसी अनुमोदनको पक्षमा रहेको सबै सदस्यहरुलाई जानकारी गराउँदै एमसीसीले देशमा आर्थिक वृद्धिका बाधा पहिचान गरी मुख्य प्राथमिकताका क्षेत्रमा सहयोग गर्ने बताए ।

सभापति एवम् प्रधानमन्त्री देउवाले एमसीसीको ५० करोड डलर अनुदान र नेपाल सरकारको १३ करोड डलर गरी ६३ करोड डलरमा ३१२ किमि उच्च क्षमता (४०० केभी) को प्रसारण लाइन, ३ सबस्टेसन र नेपाल–भारत सीमापार प्रसारण लाइन अनि ९९ किमि सडक स्तरोन्नतिमा सहयोग रहने बताएका थिए ।

एमसीसी नितान्त पनि विद्युत र बाटोको लागि भएकाले विभिन्न राजनीतिक दलहरूले जनतामा भ्रमको खेती गरेको आरोप लगाउँदै पूर्व अर्थमन्त्री डा। रामशरण महतले जनतालाई एमसीसीका बारेमा बुझाउन आवश्यक रहेको बताए ।

डा. महतले एमसीसी एमसीसी नेपालका लागि राम्रो अनुदान भएकोले गुमाउन नहुने धारणा राख्दै देशमा रोजगारीको सृजना गरी समृद्ध नेपाल बनाउन सहयोग पुग्ने बताए ।

एमसीसी परियोजनामार्फत काठमाडौें लप्सीफेदीबाट नुवाकोटको रातमाटे, दमौली हुँदै नवलपरासी र सुनवलसम्म ३१२ किमि प्रसारण लाइन निर्माण हुनेछ ।

त्यस्तै परियोजना अन्तर्गत रातमाटे, दमौली र बुटवलमा तीन सबस्टेसन निर्माण गरिनेछ।

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ माघ २७, १८: १६

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ माघ २७, १८: १६

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०७८ माघ २७, १८: १६

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...