प्रधान सेनापति शर्माद्वारा निर्माणाधिन होल्डिङ सेन्टरको निरीक्षण – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

प्रधान सेनापति शर्माद्वारा निर्माणाधिन होल्डिङ सेन्टरको निरीक्षण

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा निर्माणाधिन एक हजार क्षमताको होल्डिङ सेन्टरको निरीक्षण गरेका छन् ।

शक्रबार विहान रक्षा सचिव किरणराज शर्मासहित सेनापति शर्माले निर्माणाधिन सो होल्डिङ सेन्टर निरीक्षण गरेको बताइएको हो ।

गत वैशाख महिनामा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम नेपाली सेनाले निर्माण गर्ने भनिएको होल्डिङ सेन्टर निर्माण नेपाली सेनामार्फत निर्माणको ठेक्का हनुमान कन्स्ट्रक्सन प्रालिले पाएको थियो ।

निर्माण कम्पनीले सो सेन्टरको निमार्ण कार्य अन्तिम चरणमा पुगेको साइट इन्चार्ज लक्ष्मण सापकोटाले बताए । सापकोटाले होल्डिङ सेन्टरको निर्माण कार्य ९५ प्रतिशत सकिएको र बाँकी काम यही फागुन मसान्तभित्र सम्पन्न हुने बताए ।

नेपाली सेना मार्फत २९ करोडमा होल्डिङ सेन्टरको ठेक्का पाएको निर्माण कम्पनीले फाल्गुन मसान्त सम्म होल्डिङ सेन्टर सेनालाई हस्तान्तरण गर्ने जनाएको छ ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ माघ २८, १२: ४१

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ माघ २८, १२: ४१

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७८ माघ २८, १२: ४१

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...