लुम्बिनी सरकारले प्रदेश स्थापना दिवस फागुनमा मनाउने – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

लुम्बिनी सरकारले प्रदेश स्थापना दिवस फागुनमा मनाउने

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले विभिन्न कार्यक्रमसहित तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउने आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले बताएका छन् ।

मन्त्री शर्माले फागुन १–३ सम्म प्रदेशको राजधानी दाङमा तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको बताएका हुन् ।

मन्त्री शर्माले कोरोना संक्रमणको जोखिम कायम रहेकोले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै स्थापना दिवस मनाउने तयारी प्रदेश सरकारले गरेको बताए ।

प्रदेश सरकारको २०७४ माघ २१ गते पहिलो बैठक बसेको थियो । लुम्बिनी प्रदेश नेपालको संविधान २०७२ असोज ३ मा राज्य विभाजन गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो।

नेपालको चौथो सबैभन्दा बढी जनसंख्या भएको प्रदेश र क्षेत्रफल अनुसार तेस्रो ठूलो प्रदेश लुम्बिनी हो। लुम्बिनीको उत्तरमा गण्डकी प्रदेश र कर्णाली प्रदेश, पश्चिममा सुदुरपश्चिम प्रदेश, दक्षिणमा भारतको उत्तर प्रदेश र बिहार रहेको छ।

लुम्बिनी प्रदेश नेपालका दुई नेपाली प्रदेश मध्ये एक हो जससँग भारतसँग मात्र अन्तर्राष्ट्रिय सीमा छ। प्रदेशको राजधानी दाङको देउखुरी हो ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ माघ २९, १०: १४

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ माघ २९, १०: १४

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७८ माघ २९, १०: १४

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...