
काठमाडौं । नेपाली काँग्रेस नेतृत्व सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म कायम बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री पौडेलले अहिलेकै गठबन्धनले तीनै तहको निर्वाचन सम्पन्न गर्ने दाबी गरेका हुन् ।
मन्त्री पौडेलले स्थानीय तहको निर्वाचनमा सरकारमा आवद्ध दलहरुबीच चुनावी गठबन्धन हुने जानकारी दिदै पार्टीको पदाधिकारी चयन छिटै हुने बताए ।
त्यस्तै अमेरिकी सहयोग सम्झौता एमसीसीबारे सबै दलमा एकमतको धारणा नभएको उल्लेख गर्दै एमसीसीबारे राष्ट्रिय सहमति बनाउनु पर्ने बताए ।
मन्त्री पौडेलले सरकारले सार्वनिक शिक्षालाई सबैले ग्रहण गर्ने लक्ष्य लिएर सोहीअनुसार काम गरेको बताउँदै शिक्षक सेवा आयोगलाई क्रियाशिल बनाईएको र विभिन्न तहको लागि १८ हजार शिक्षकको नयाँ दरबन्दी सिर्जना गरेर परीक्षा तालिका सार्वजनिक गरेको बताए ।
मन्त्री पौडेलले उच्च शिक्षा ऐन, संघीय शिक्षा ऐन, प्राविधिक शिक्षा ऐन सदनको अवस्था सहज हुनेबित्तिकै छलफलको लागि पठाउने पनि जानकारी दिए ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...