फागुन ७ मा नयाँ पार्टी ‘राप्रपा नेपाल’ घोषणा गर्दै कमल थापा – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

फागुन ७ मा नयाँ पार्टी ‘राप्रपा नेपाल’ घोषणा गर्दै कमल थापा

काठमाडौं । पार्टी पुटाउँदैन भनेर हिन्दु धर्मालम्बीहरुको पवित्र ग्रन्थ ‘गिता’को कसम खाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले ‘राप्रपा नेपाल’ नामको पार्टी ब्युँत्याउने भएका छन् ।

थापाले एक विज्ञप्ति जारी गर्दै यही फागुन ७ गते काठमाडौंमा राप्रपा नेपालको घोषणा हुने बताएका हुन् ।

थापाले देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीहरूको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले लेखेका छन् ‘केही समयको अलमल पछि फेरि हामी आफ्नो घर फर्केका छौँ । यस कार्यलाई सम्भव तुल्याई दिनुहुने तथा अन्तरिम र सङ्क्रमणकालीन अवस्थामा राप्रपा नेपाललाई जीवन्त तुल्याई राख्न महत्त्वपूर्ण योगदान दिनुहुने राप्रपा नेपालका नेता लाक्पा तामाङ प्रति म हार्दिक आभार व्यक्त गर्दछु ।’

विज्ञप्तिमा राप्रपा नेपालको विरासतलाई निरन्तरता दिँदै अबदेखि “हिन्दुराष्ट्र, सुशासन र समृद्धि” राप्रपा नेपालको मूल एजेण्डा बनाई जनताको भावना र देशको धरातलीय यथार्थलाई दृष्टिगत गर्दै केही मान्यताहरू, प्राथमिकताहरू र कार्यनीतिमा हामी समयानुकूल परिमार्जन गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा आगामी स्थानीय तहको निर्वाचनमा हामी सक्रियताका साथ सहभागी हुने उल्लेख गर्दै राप्रपा नेपालको घोषणा सभा २०७८ साल फागुन ७ गते काठमाडौँमा हुने बताइएको छ ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ फाल्गुन १, १४: ३५

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ फाल्गुन १, १४: ३५

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ फाल्गुन १, १४: ३५

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...