प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग नेपाल बारद्वारा स्वागत – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग नेपाल बारद्वारा स्वागत

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ताको कदमलाई नेपाल बार एशोसियसनले स्वागत गरेको छ ।

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबारको विरोध कार्याक्रममा प्रधानन्यायाधीशको बहिर्गमनका लागि दर्ता भएको महाअभियोग प्रस्तावको स्वागत गर्दै सफल हुने दावी गरे ।

अध्यक्ष श्रेष्ठले विरोध कार्याक्रममा प्रधानन्यायाधीश जबराको मात्रै नभई विभिन्न अदालतका कार्यरत अन्य न्यायाधीशलाई पनि बिचौलियाको काम रोक्दै आफुमा सुधार गर्न सुझाव दिए । न्यायपालिका सुधार भए अन्य बिषयलाई सुधार गर्न सकिने बताउँदै अध्यक्ष श्रेष्ठले बारको आन्दोलन व्यक्तिको फाइदाको लागि नभएर समग्र न्यायपालिकाको सुधारका लागि भएको बताए ।

प्रधानन्यायाधीशको बहिर्गमन नभएसम्म बारको आन्दोलन जारी रहने उनले बताए ।

त्यस्तै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीशलाई सर्वोच्चमा बस्ने अनुमति नभएको र निलम्वित प्रधानन्यायाधीश भएकाले अर्को प्रधानन्यायाधीशको सपथ नभएसम्म आन्दोलन जारी रहने बताए ।

यसअघि आइतबार सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्न खोज्ने कानुन व्यवसायी र प्रहरीबीच झडप भएको थियो ।

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ फाल्गुन १, १५: १२

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ फाल्गुन १, १५: १२

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०७८ फाल्गुन १, १५: १२

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...