
काठमाडौं । उच्च अदालत पाटनले बतास ग्रुपले सञ्चालन जिम्मा पाएको गौशालास्थित धर्मशाला सञ्चालनमा रोक नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
पर्यटन मन्त्रालयमा मन्त्रीको पद बहाली पश्चात मन्त्री प्रेम आले नेतृत्वको पर्यटन मन्त्रालयले पशुपतिस्थित धर्मशालाको सञ्चालन जिम्मा पाएको होटल आनन्द प्रालिसँग सम्झौता रद्द गरेको थियो ।
पर्यटन मन्त्रालयको विरुद्ध होटल सञ्चालक बतास समुहले दायर गरेको रिटमा न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
उच्च अदालत पाटनले अन्तरिम आदेश दिने वा नदिने विषयमा फागुन ९ गते दुवै पक्षलाई छलफलमा झिकाउन समेत आदेश दिएको अदालत स्रोतले बताएको छ ।

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...