
काठमाडौं । मंगलबार नेपाली काँग्रेस संसदीय दलको बैठक बस्ने भएको छ । अमेरिकी आर्थिक सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न बैठक बोलाइएको बताइन्छ ।
काँग्रेस संसदीय दलका सचेतक एवम् गृहमन्त्री बालकृष्ण खाँणले मंगलबार बिहान ९ बजे संघीय संसद भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा संसदीय दलको बैठक बस्ने जानकारी दिए ।
गृहमन्त्री खाँणले मंगलबारको बैठकमा प्रधानन्यायाधीश माथिको महाअभियोग र एमसीसीका विषयमा छलफल हुने बताए ।पछिल्लो समयमा सत्ता गठबन्धनका दलहरबीच एमसीसी सहयोग परियोजनाका सम्बन्धका मतभेद बढ्दै गएको छ । गठबन्धन सम्बद्ध दल नेपाली काँग्रेस र जसपाले एमसीसी परियोजना संसद्बाट अनुमोदन गर्न चाहेको छ भने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चाले यथास्थितिमा अनुमोदन गर्न नसकिने बताउँदै आएका छन् ।
यता, आइतबार सत्ता गठबन्धनका दलहरुले प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जवराविरुद्ध संसद सचिवालय सिंहदरबारमा महाअभियोग दर्ता गराएका छन् ।
सांसद्हरले प्रधानन्यायधीश विरुद्ध संविधानको धारा १०१ को उपधारा २ अन्तर्गत महाअभियोग कार्यविधि नियमन २०५९ को दफा ३ को उपदफा १ र ३ तथा प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ प्रतिनिधि सभाको एक चौथाइ ९८ जनाले हस्ताक्षर गरेर दर्ता गरेका हुन् ।
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...