
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा सत्तारुढ पाँच दलीय गठबन्धनको समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले एमसीसी संसदमा टेबुल हुन बताएका छन् ।
सोमबार आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा बोल्दै नेता पौडेलले एमसीसी संसद्मा टेबल हुन कसैले रोक्न नसक्ने बताएका हुन् ।
नेता पौडेलले एमसीसी अब सभामुख अग्निप्रसाद सापकोटाले पनि रोकेर राख्न नसक्ने बताउँदै एमसीसीबारे छलफल संसदमा हुन् र पास फेल जे हुनुपर्ने हो संसद्मै हुने बताए ।
एमसीसी नेपाललाई समृद्ध बनाउने नितान्त सहयोग परियोजना मात्र भएको बताउँदै नेता पौडेलले यस्तो सुनौले अवसर नगुमाउन पनि राजनैतिक दलहरुलाई आग्रह गरे । उनले नेपालमा विभिन्न राजनीतिक दलहरुले एमसीसीका विषयमा अपवाह फैलाएकाले जनतामा भ्रम परेको बताए ।
त्यस्तै फरक प्रसंगमा नेता पौडेलले सर्वोच्च अदालतको गतिरोध अन्त्य गर्न सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा माथिको दर्ता गराएको महाभियोग प्रस्ताव स्वभाविक भएको र यसलाई स्वभाविकरुपमा लिन आग्रह गरे ।
त्यस्तै नेपाल बार एशोसिएशन, सर्वोच्च बार र न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरामाथि प्रश्न नै प्रश्न उठाएको अवस्थामा गठबन्धनले महाअभियोग प्रस्ताव दर्ता गराउनु अहिलेको आवाश्यकता भएको बताए ।
नेता पौडेलले संसद् पुनःस्थापनाको फैसला गर्ने चार न्यायाधीशमाथि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महाभियोग प्रस्ताव ल्याए त्यसलाई संसद्ले स्वीकार गर्न नहुने बताए।
नेता पौडेलले सर्वोच्चको फैसला सबैले मान्नुपर्छ। संसद् पुनःस्थापनाको फैसला गर्ने चार न्यायाधीशमाथि एमालेले महाभियोग प्रस्ताव ल्याए त्यसलाई संसद्ले अस्वीकार गरिनुपर्ने बताए ।
पौडेलले २०५१ मा सभामुख हुँदा मनमोहनले संसद भंग गरेपछि पुनःस्थापनाको फैसला गर्ने तत्कालीन प्रधानन्यायाधीशविरुद्ध एमालेले महाभियोग प्रस्ताव ल्याएको स्मरण गर्दै नियम, कानूनले यस्तो प्रस्ताव स्वीकार नगर्ने बताए ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...