
काठमाडौं । नेपाली काँग्रेस नेतृत्वको सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसंगै राजनीतिक दलहरु चुनावी तयारीमा जुटेका छन् ।
निर्वाचन अभियान अन्तर्गत नेपाली काँग्रेसले धनकुटा नगरपालिकाले विभिन्न वडाहरुमा वडा भेला गरेर चुनावी चहलपहल शुरु गरेको छ ।
नेपाली काँग्रेस धनकुटा नगरपालिका वडा नं. ५ ले आगामी निर्वाचनका लागि जनप्रतिनिधि चयन गर्न भेला सञ्चालन गर्दै आएको छ । विभिन्न वडाहरुमा काँग्रेसका तर्फबाट जनप्रनिधिहरु चयन गरि जिल्लामा सिफारिस गर्न वडा नं. ५ अन्तर्गत टोल, वस्तीहरुमा समिति गठन र भेला सञ्चालन गरिरहेको छ ।
उक्त वडा भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव तथा धनकुटा नगरपालिकाका संयोजक विजय सन्तोषी राईले नेपाली कांग्रेस स्थानीय तहको निर्वाचन तयारीमा जुटेको बताउँदै सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरे पुनः यी वडाहरुमा काँग्रेसले निर्वाचन जित्ने दावी गरे ।
त्यस्तै कार्यक्रममा धनकुटा नगरपालिका वडा नं. ५ नेपाली कांग्रेसका वडा सभापति धनकुमार राईले वडा नं. ५ नेपाली कांग्रेसको गढ रहेकाले यसलाई कायम राख्न सबै कार्यकर्ताहरु तयारीमा लाग्नुपर्ने बताए ।
उक्त भेलामा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा पूर्व जिल्ला सहसचिव सिता श्रेष्ठ, जिल्ला सदस्य अम्विका परियार, धनकुटा नगर उपसभापति अभिषेक कर्माचार्य, पूर्व जिल्ला सदस्य दिनेश भण्डारी, वडा कार्यसमितिका उपसभापतिद्धय गोविन्द्र राई, शम्भु प्रधानलगायत वडाकार्य समितिका सम्पूर्ण सदस्य तथा क्रियाशिल सदस्यहरुको उपस्थिति रहेको थियो ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...