क्यासिनोले तिरे ७२ करोड बक्यौता, एक अर्ब ११ करोड ८४ लाख उठाउन ताकेता – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

क्यासिनोले तिरे ७२ करोड बक्यौता, एक अर्ब ११ करोड ८४ लाख उठाउन ताकेता

काठमाडौं । रोयल्टी नतिर्ने क्यासिनोको लाइसेन्स खारेज गर्ने चेतावनीपछि १७ वटा कम्पनीले बक्यौता बुझाएका छन् । सोमबार सेन्ट्रल मिडिया प्रालिले पाँच करोडमध्ये चार करोड रुपैयाँ बक्यौता बुझाएसँगै ७६ करोड ४५ लाख रुपैयाँ राजस्व उठेको मन्त्रालयले जनाएको छ ।

अब एक अर्ब ११ करोड ८४ लाख ४७ हजार उठ्न बाँकी रहेको होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताए । मन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि विभागले रोयल्टी नतिर्ने क्यासिनो सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक गरेको थियो ।

अझै ६ वटा कम्पनीले रोयल्टी नवीकरण दस्तुर बुझाउन बाँकी रहेको विभागले जनाएको छ । तीमध्ये एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिको दुईवटा होटलमा गरेर १४ करोड छ । बैंक जमानत रहेकाले असूलउपर गर्न समस्या नरहेको जोशीले बताए ।

सेन्ट्रल मिडिया प्रालिले १८ करोड ९० लाख छ । ह्याप्पी आवर प्रालि, होटल याक एण्ड यति (क्यासिनो रोयल), रक इन्टरनेशनल, ओरियन्टल होटल्ससमेत गरी जम्मा एक अर्ब ११ करोड रुपैयाँ उठ्न बाँकी रहेको छ ।

८१ करोडभन्दा बढी राजस्व नतिरी भारतमा लुकेर बसेका क्यासिनो किङ राकेश बाद्वालाई इन्टरपोल लगाएर भए पनि नेपालमा ल्याएर कानूनबमोजिम कारबाही गर्ने मन्त्री आलेले चेतावनी दिएका छन् ।

सम्बन्धित समाचार

सार्वजनिक यातायातको भाडा पुनः ५ प्रतिशत वृद्धि
सार्वजनिक यातायातको भाडा पुनः ५ प्रतिशत वृद्धि
  • २०७८ फाल्गुन ३, ०८: २२

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ। सार्वजनिक यात्रुवाहक सवारी, पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारी तथा...

याम्बालिङ हाइड्रोपावरको आइपिओ आजदेखि खुला, १७.४३ लाख कित्ता सर्वसाधारणका लागि
याम्बालिङ हाइड्रोपावरको आइपिओ आजदेखि खुला, १७.४३ लाख कित्ता सर्वसाधारणका लागि
  • २०७८ फाल्गुन ३, ०८: २२

काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आइपिओ) खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १७...

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
  • २०७८ फाल्गुन ३, ०८: २२

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर दुई लाख ९४...