प्रतिनिधिसभा बैठक अघि कार्यव्यवस्था समितिको बैठक बोलाउन प्रधानमन्त्रीको आग्रह – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

प्रतिनिधिसभा बैठक अघि कार्यव्यवस्था समितिको बैठक बोलाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । सरकारले बुधबारको प्रतिनिधि सभा बैठकमा अमेरिकी सहयोग परियोजना–एमसीसी टेबल गर्ने तयारी गरेको छ । मंगलबार नेपाली काँग्रेस संसदीय दलको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा एमसीसी टेबल गर्ने तयारी सरकारले गरेको बताएको हुन् ।

प्रधानमन्त्री देउवाले प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी पर्ने नपर्ने केही टुङ्गो नलागेपछि कार्यसूचीमा राख्न संसदीय दलको बैठकबीचमै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गरे ।

प्रतिनिधि सभा बैठक बस्न अघि कार्यव्यवस्था समितिको बैठक बसी सम्भावित कार्यसूची तय गर्ने भएकाले बैठक बोलाउन आग्रह गर्दै प्रधानमन्त्री देउवाले सो समितिको बैठक नबसे संसद् सचिवालयले सम्भावित कार्यसूची तय गर्ने बताए । यसरी संसद् सचिवालयले तयार गर्ने सम्भावित कार्यसूचीमा ‘एमसीसी’ पर्ने नपर्ने टुंगो नहुने भएपछि देउवाले सभामुखलाई फोन गरेको बताइन्छ ।

यता, संघीय संसदका सभामुख सापकोटाले दलहरुबीच सहमति भए संसदमा एमसीसी टेबल गर्न नरोक्ने बताउँदै आएका छन् ।

त्यस्तै नेपाली काँग्रेसका सांसदहरुले कार्य व्यवस्था समितिको बैठकमा एमसीसी बारे कुरा उठाउने तयारी गरेका बेला कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले पनि सभामुख सापकोटालाई कार्य व्यवस्था समितिको बैठक बोलाउन आग्रह गरे ।

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ फाल्गुन ३, १२: १९

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ फाल्गुन ३, १२: १९

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०७८ फाल्गुन ३, १२: १९

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...