धनकुटा काँग्रेसले तोक्यो ७ कमाण्डर – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

धनकुटा काँग्रेसले तोक्यो ७ कमाण्डर


धनकुटा । स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै नेपाली काँग्रेस धनकुटाले सात जना कमाण्डर तोकेको छ । जिल्लाका सात वटै पालिकाहरुमा आगामी बैशाख ३० गते हुने स्थानीय तहमा काँग्रेसका प्रतिनिधिहरुलाई जिताउन सातै पालिकाहरुमा कमाण्ड तोकेको हो । नेपाली कांग्रेस धनकुटका सभापति दिनेश राईको अध्यक्षमा वसेको बैठकले सात पालिकामा दिएको जिम्मेवारी अनुसार संयोजक तथा ईञ्र्चाजहरुमा उपसभापति निर्मल प्रसाद ओझालाई मालक्ष्मी नगरपालिका,उपसभापति सुनिल कुमार डंगोललाई पाख्रिबास नगरपालिका, सचिव विजय सन्तोषी राईलाई धनकुटा नगरपालिका, सचिव जयन्द्र घिसिङलाई सागुरीगढी गाउँपालिका, सचिव गिरिजा प्रसाद दाहाललाई चौविसे गाउँपालिका र प्रवक्ता खगेन्द्र प्रसाद घिमिरेलाई सहिदभूमी गाउँपालिकाको जिम्मेवारी दिएको हो ।

शुक्रबार नेपाली कांग्रेसको विधान अनुसार २३ जनालाई आमन्त्रित सदस्यमा मनोनयन गरी पद तथा गोपनियताको सपथ गराएको छ । मनोनित हुनेमा नेपाली कांग्रेस धनकुटाको आमन्त्रित जिल्ला सदस्यमा रविन्द्र नेपाली, विष्णु प्रसाद पौडेल,देवेन्द्र श्रेष्ठ, हर्कमान चेम्जोग,रमेश ईवाहाङ्ग ,तिर्थ राई,राजेन्द्र पौडेल,पुरेन्द्रलाल श्रेष्ठ,मान प्रसाद ईङनाम,रुकमन तामाग,रमेश राई, मीन बहादुर काकी, प्रकाश लिम्बु ,बासुदेव भण्डारी,अम्विका धमला, कमल कुमारी राई, ठगिन कुमार राई, नरेन्द्रजंग बस्नेत, अमल राई, गोकुलाल श्रेष्ठ, कमल कुमारी राई र नेत्र प्रसाद पौडेल मनोनित भएका हुन ।

यसैगरी सभापति राईले नेपाली कांग्रेस धनकुटाको प्रवक्तामा नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघ धनकुटाका पूर्वअध्यक्ष खगेन्द्र प्रसाद घिमिरेलाई जिम्मेवारी दिएका हुन । धनकुटामा पार्टी संगठन सुदृढिकरण गर्दै स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई विजय गराउँनका लागि सभापति दिनेश राईले पदाधिकारीहरुलाई समेत पालिकाहरु र जिल्ला पार्टी कार्यालय भित्रको शाखाहरुमा समेत जिम्मेवारी समेत तोकेका हुन ।

नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयलाई चुस्त–दुरुस्त बनाउँन विभाग वाहेक कार्यालय भित्र रहेका शाखाहरुमा उपसभापति निर्मल प्रसाद ओझालाई अनुगमन तथा मुल्यांकन शाखा प्रमुख, उपसभापति सुनिल डंगोललाई प्रशिक्षण शाखा प्रमुख, सचिव विजय सन्तोषी राईलाई संगठन तथा कार्यक्रम शाखा प्रमुख, सचिव जयन्द्र घिसिङलाई अनुशासन तथा समन्वय शाखा प्रमुख, सहसचिव रोशन श्रेष्ठलाई अभिलेख शाखा प्रमुख, अर्का सहसचिव गिरिजा प्रसाद दाहाललाई विकास शाखा प्रमुख र प्रवक्ता खगेन्द्र प्रसाद घिमिरेलाई प्रचार प्रसार शाखा प्रमुखको जिम्मेवारी नेपाली काँग्रेस धुनकुटाले दिएको छ ।

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ फाल्गुन ६, २१: २१

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ फाल्गुन ६, २१: २१

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०७८ फाल्गुन ६, २१: २१

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...