
काठमाडौं । आजको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी पेस गर्ने सरकार तयारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी टेबल गर्न सहमति जुटेको बताइएको हो ।
सत्ता गठबन्धन सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले पाँच दलीय गठबन्धनमा एमसीसी संसदमा पेस गर्ने विषयमा सहमति भएको र आजकै प्रतिनिधिसभामा टेबल हुने जानकारी दिए ।
यसअघि सत्ता गठबन्धनका दलहरुबीच संसदमा एमसीसी दर्ता गर्ने नगर्ने विषयमा फरक–फरक धारणा रहे पनि आजको बैठकमा पेस गर्ने विषयमा एकमत रहेको बताए । यसमा अब प्रतिपक्षी दल नेकपा एमालेको धारणा के हुन्छ त्यो हेर्न बाँकी रहेको प्रवक्ता कार्कीले बताए ।
भिडियाे…
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...