
काठमाडौं । प्रतिनिधिसभा बैठक आज दिनको १ बजे बस्दैछ । विभिन्न माग राखि संसद अवरोध गर्दै आएको नेकपा एमालेले आजको बैठकमा पनि अवरोध कायमै रहेने बताएको छ ।
सत्ता गठबन्धनका दलहरुबीच एमसीसी संसदमा पेस गर्ने सहमति भई कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसी आजको बैठकको कार्यसूचीमा तय गर्न बानेश्वरमा बैठक बसेको छ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडू आजको बैठकको कार्यसूची प्रस्ताव गर्न सो बैठकमा उपस्थित रहेको बताइएको छ ।
सरकारले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरेका बेला एमालेले संसदमा अवरोध कायमै राख्ने बताएको हो ।
एमालेले गत २३ भदौ देखि कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राख्दै सदन अवरुद्ध गर्दै आएको छ ।
त्यस्तै नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमालेले उठाएका विभिन्न मागहरु पूरा नभएसम्म संसदमा निरन्तर अवरोध कायम रहने बताए ।
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...