प्रतिनिधिसभाको कार्यसूचीः एमसीसी टेबल गर्ने – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

प्रतिनिधिसभाको कार्यसूचीः एमसीसी टेबल गर्ने

काठमाडौं । प्रतिनिधिसभा आजको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता गठबन्धन सरकारका अर्थमन्त्री जनार्दन शर्माले एमसीसी अनुमोदनका लागि टेबल गर्ने भएका छन् ।

आइतबार सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने निर्णय गरेको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए ।

बैठकले एमसीसी सम्झौतालाई संसदको कार्यसूचीमा राख्ने निर्णय गर्दै सरकारका अर्थमन्त्री जनार्दन शमाले संसदमा पेस गर्ने बताइएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी नभएको बताइएको छ ।

त्यस्तै बैठकमा नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, सांसदहरु जयपुरी घर्ती र रेखा शर्माले एमसीसीलाई आजको बैठकमा सूचीकृत गरिएकोमा असहमति राखेका थिए ।

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ फाल्गुन ८, १३: ५१

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ फाल्गुन ८, १३: ५१

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०७८ फाल्गुन ८, १३: ५१

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...