सञ्चारमन्त्री कार्कीकाे सुरक्षा बढाइयाे – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

सञ्चारमन्त्री कार्कीकाे सुरक्षा बढाइयाे

काठमाडौं । आइतबार (फागुन ८, २०७८) संसदमा अमेरिकी आर्थिक सहायता सम्झौता एमसीसी टेबल गरेसंगै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सुरक्षा बढाइएको छ ।

अर्थमन्त्रीको तर्फबाट प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गरेका सञ्चारमन्त्री कार्कीको एमसीसीको विरोध गर्नेहरूले आक्रमण गर्न सक्ने सुरक्षा विश्लेषणका आधारमा गाडीसहित थप सुरक्षा बढाइएको हो ।

आइतबार संसदमा एमसीसी पेश हुँदा सत्ता पक्ष र विपक्षका सांसदहरुले विरोध गरेको र सडकमा पनि एमसीसीको विरोधमा आन्दोलन चलिरहेकाले सो पक्षहरुबाट भौतिक आक्रमण हुन सक्ने सुरक्षा विश्लेषणका आधारमा सञ्चार मन्त्रीको सुरक्षामा नेपाल प्रहरीले अगुवा गाडी सहित थप सुरक्षाकर्मी परिचालन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसअघि मन्त्री कार्कीको निजी सुरक्षा अधिकृतमा दुई जना प्रहरी नायव निरीक्षक (सई) खटाइएको थियो भने अहिले थप सुरक्षा प्रदान गरिएको बताइएको छ ।

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ फाल्गुन ९, १३: १०

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ फाल्गुन ९, १३: १०

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०७८ फाल्गुन ९, १३: १०

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...