
धनकुटा । नेपाली कांग्रेस धनकुटाद्धारा सात पालिकाहरुमाख टाईएका कमाण्डरहरु नयाँ योजना र नयाँ रणनीतिकासाथ स्थानीय तह निर्वाचनमा काँग्रेसलाई विजयी गराउँन सक्रिय भएका छन् ।
स्थानीय तह निर्वाचन काँग्रेसको पक्षमा परिणाम आउने गरि काम गर्दै ती कमाण्डरहरुले पालिकाका विभिन्न वडा, गाउँवस्तीहरुमा काँग्रेसको पक्षमा जनलहर ल्याउने काम गरेको बताइएको छ । गाउँ गाउँमा नेपाली काँग्रेसबाट स्थानीय तह निर्वाचनमा पालिकामा, वडामा प्रतिस्पर्धा गर्ने उम्मेदवारहरुको चर्चा परिचर्चा शुरु भएको छ ।
नेपाली कांग्रेस धनकुटा जिल्ला कार्यसमितिले निर्वाचनमा कांग्रेसलाई जिताउन सात पालिकामा खटिएका संयोजक तथा ईञ्र्चाजहरु परिचालन गरेको हो । आ–आफ्नो पालिकाअन्र्तगतका सवै वडाहरुमा, टोलहरुमा समितिहरु निर्माण गर्ने र आफ्नो क्षेत्रका पालिका, वडाका मतदाताका समस्याहरुबारे छलफल गर्दै जनताका गुनासा र सुझावलाई संकलन गर्दै आगामी चुनावको रणनीति तयार गर्न काँग्रेस नेता तथा कार्यकर्ताहरु परिचालन गरिएको पार्टी सचिव विजय सन्तोषी राईले विकल्पलाई बताए ।

त्यस्तै, नेपाली काँग्रेस धनकुटा जिल्ला सभापति दिनेश राईले धनकुटाका स्थानीय तहहरुमा निर्वाचनको तयारी गर्न जिल्ला पदाधिकारीहरुलाई परिचालन गरिएको र उहाँहरुले उत्साहपूर्वक काम गरेको बताए । यस पटकको निर्वाचनमा धनकुटाका सबै स्थानीय तहहरुमा काँग्रेसले जित्ने गरी संगठनको निर्माण भएको सभापति राईको भनाई छ ।
अघिल्लो स्थानीय तह निर्वाचत नेकपा एमालेका जनप्रतिनिधिहरुले निर्वाचन ताका गरेका प्रतिवद्धता कुनै पनि पुरा नगरेको, व्यापक बेरुजी र भ्रष्टाचार गरेको स्थानीय मतदाताहरुको भनाई छ । ती जनप्रतिनिधिहरुले अहिले पनि जनतालाई ढाट्ने कार्य गरिरहेकाले यस पटक धनकुटेली मतदाताहरुले रुखमा मतादान गरी कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउने विश्वास लिएको पार्टी सभापति राईको भनाई छ ।
सभापति राईले धनकुटा नगरपालिका, पाख्रिवास नगरपालिका, महालक्ष्मी नगरपालिका, छथर जोरपाटी गाउपालिका, चौविसे गाउपालिका, सागुरीगढी गाउपालिका, सहिदभूमी गाउपालिकामा कांग्रेसको पक्षमा जनलहर चलेको र गत निर्वाचनमा धनकुटा नगरपालिका, चौविसे गाउपालिका र सागुरीगढी गाउपालिकामा झिनो मतले पराजित भएको कांग्रेस यस पटक भारी मतान्तरले विजयी हुने शुनिश्चित भएको बताए ।
त्यस्तै पाख्रिवास नगरपालिका, महालक्ष्मी नगरपालिका, छथरजोरपाटी गाउँपालिका र सहिद भूमी गाउँपालिकामा अन्य पार्टी परिवर्तत गरि काँग्रेसमा प्रवेश गर्नेहरुको लहर चलेको प्रवक्ता खगेन्द्र घिमिरेले बताए । यी पालिकाहरुमा काँग्रेसको संगठन टोलस्तरसम्म बनिसकेको उनले बताए ।
नेपाली कांग्रेस धनकुटाका नेता तथा कार्यकर्ताहरु गाउँ गाउँमा स्थानीय तह निर्वाचनको व्यापक तयारीमा लागेको र पालिकाहरुमा सम्भावित प्रमुखहरु, उपप्रमुखहरु, वडा अध्यक्ष तथा सदस्यहरु छलफलमा केन्द्रित भएका छन् ।
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...