
काठमाडौं । पछिल्लो समय नेपाली राजनीतिमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन –एमसीसी सम्झौता बहसको विषय बनेको छ । नेपाली राजनीतिक दलहरु एमसीसीको पक्ष र विपक्षमा उभिएका छन् ।
सत्तारुढ नेपाली काँग्रेसलगायतका जनता समाजवादी पार्टी, लोतान्त्रिक समाजवादी पार्टी एमसीसीको पक्षमा रहेका छन् । गठबन्धनका नेकपा माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले दोहोरो भुमिका खेलिरहेको बताइएको छ ।
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीको बुधबार बसेको संसदीय दलको बैठकले एमसीसी सम्झौताबारे निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । बैठकमा उपस्थित लोसपा नेताहरुले एमसीसीको पक्षमा मतदान गर्नुपर्ने भनाई राखेको स्रोतले जनाएको हो ।
लोसपा संसदीय दलको बैठकले एमसीसी सम्झौतामा कहिकतै पनि राष्ट्रघान नरहेको निश्कर्ष निकाल्दै पक्षमा मतदान गर्न बिहीबारको प्रतिनिधिसभा बैठकमा सम्पूर्ण सांसदलाई अनिवार्य उपस्थितका लागि ह्विप जारी गरेको लासपा स्रोतले बताएको छ ।
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...