
काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । सम्भावित कार्यसूचीमा एमसीसी समेटिएको छ । दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी प्रस्तावमाथि छलफल हुने र पारित गर्ने सरकारले तयारी गरेको छ।
सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सहायता सम्झौतामाथि छलफल हुने उल्लेख गरिएको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बताए ।
उक्त प्रस्ताव माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने भएका छन्। यसअघि एमसीसी पारित गर्ने विषयमा सत्ता गठबन्धनका दल सहमत नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा संसद बैठक पटकपटक सारिदै आएको थियो।
बिहीबारका लागि तोकिएको बैठक शुक्रबार दिउँसो १ बजे र शुक्रबारका लागि तोकिएको बैठक आइतबारका लागि सारिएको हो। शुक्रबारको बैठकअघि एमसीसीको विषयमा सहमति नभएपछि थप छलफलका लागि बैठक आइतबार दिउँसो १ बजेका लागि सारिएको हो।
विभिन्न चरणमा भएका छलफलमा एमसीसी अगाडि बढाउने विषयमा दलहरु सहमति नजिक पुगेको बताइएको छ। सभामुख अग्निप्रसाद सापकोटाले आइतबार बिहान साढे ११ बजेका लागि कार्यव्यवस्था परामर्श समिति बैठक आह्वान गरेका छन्।
समितिको बैठक नयाँबानेश्वरस्थित शंकर हलमा बस्नेछ।
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...