नेपाली जनताको वास्तविक पार्टी काँग्रेस होः जिल्ला सचिव राई – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

नेपाली जनताको वास्तविक पार्टी काँग्रेस होः जिल्ला सचिव राई

धनकुटा । नेपाली काँग्रेस धनकुटा जिल्ला सचिव विजय सन्तोषी राईले नेपाली जनताको वास्तविक पाटी नेपाली काँग्रेस भएको बताएका छन् । स्थानीय तह निर्वाचनका तयारीमा धनकुटा नगरपालिकामा आयोजित भेलालाई सम्बोधन गर्दै सचिव राईले काँग्रेस विकासवादी पार्टी भएको बताएका हुन् ।

उनले नेपालको इतिहासलाई हेर्दा हरेक राजनीतिक परिवर्तनमा अग्रणी भूमिका खेल्दै देशलाई आर्थिक, भौतिकरुपमा विकास काँग्रेस पार्टीले मात्रै गर्न सक्ने बताउँदै नेपाली जनताको समृद्धिमा काँग्रेस अहोरात्र डटेर लाग्ने बताए ।

त्यस्तै राईले समग्र धनकुटा जिल्लाको विकासका लागि आगामी स्थानीय तहको निर्वाचनमा काँग्रेसका उम्मेदवारहरुलाई जिताउँन अनुरोध गरे । गाउँ, टोल र पालिकाहरुमा काँगे्रसले जित्ने ठोकुवासमेत गरे ।

भेलाले बिन्दु कार्कीको सभापतिमा नेपाली कांग्रेस चौधरी गाउँ टोल समिति गठन गरेको छ । जसअनुसार उपसभापतिमा डम्वर बहादुर थपा, सचिव यज्ञ वहादुर कार्की, सहसचिव मान वहादुर कार्की, कोषाध्यक्ष सन्दिप कार्की, सदस्यहरुमा बिमला परियार, देवी विश्वकर्मा, राम वहादुर कार्की, गणेश कार्की,यज्ञ वहादुर कार्की र अर्जुन कार्की रहेका छन् ।

त्यसैगरी उक्त भेलाले लक्ष्मण कार्कीको अध्यक्षतमा नेपाल तरुण दल समेत गठन गरेको छ । तरुण दलको उपाध्यक्षमा राज कुमार पाण्डे, सचिव यज्ञ वहादुर विश्वकर्मा, सहसचिव प्रेम वहादुर कार्की र सदस्यहरुमा यज्ञ वहादुर विश्वकर्मा, इन्द्रमाया विश्वकर्मा, झनेन्द्र विश्वकर्मा, रोशन विश्वकर्मा, प्रशान्त विश्वकर्मा, आशिष विश्वकर्मा रहेको नेपाली काँग्रेस धनकुटा नगरपालिका वडा नं. १० का सचिव सुरेश श्रेष्ठले बताए ।

धनकुटाका विभिन्न पालिकाहरुमा अहिले काँग्रेस पार्टीमा प्रवेश गर्नेको लहर चलिरहेकोमा वडा नं. १०मा पनि विभिन्न पार्टीहरु परित्याग गरी काँग्रेसमा प्रवेश गरेका छन् । काँग्रेसमा प्रवेश गरेका युवा तथा सम्पूर्णहरुलाई कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, क्षेत्रिय उपसभापति मिलन खड्गी, नगर सभापति नरेश श्रेष्ठ, वडा सभापति सुभाव भट्टराई लगायतले टिका खादा माला लगाई बधाई ज्ञापन गर्नु गरे ।

स्थानीय समाजसेवी गणेश बहादुर कार्कीको अध्यक्षतमा सम्पन्न भएको भेलामा नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य मिन वहादुर कार्की, धनकुटका क्षेत्र नं. ‘क’ का क्षेत्रिय उपसभापति मलिन खड्की, नगर सभापति नरेश श्रेष्ठ, वडा नं. १० का सभापति सुवास भट्टराई, समाजसेवी चक्र कार्की, नगेन्द्र पाण्डे, यूवा नेता अर्जुन कार्की, दवेन्द्र राई, सूर्य राई, बिना तामाङ, यूवा नेता सुरेश श्रेष्ठ लगायतले भेलालाई सम्बोधन गरेका थिए ।

सम्बन्धित समाचार

राष्ट्रपतिले आज अध्यादेशबारे संविधानविद्हरूसँग राय लिने
राष्ट्रपतिले आज अध्यादेशबारे संविधानविद्हरूसँग राय लिने
  • २०७८ फाल्गुन १९, ११: ५३

काठमाडौँ।सरकारले संसद् रोकेर एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेपछि अप्ठेरोमा परेका राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुविद्हरूसँग परामर्श गर्ने भएका...

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ फाल्गुन १९, ११: ५३

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ फाल्गुन १९, ११: ५३

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...