मतदाता परिचयपत्र हराएपछि धेरै मतदातालाई आगामी २१ मँसिरमा हुने प्रतिनिधि सभा, प्रदेश सभा र समानुपातिक तर्फको मतदान गर्न नपाईएला भन्ने चिन्ता थिए । तर जिल्ला जिल्लामा जारी निर्वाचन शिक्षा सम्बन्धि सडक नाटक महादान हेरेपछि मतदाता नामावलीमा नाम छ भने नागरिकता वा अन्य सरकारी परिचयपत्र देखाएर मतदान गर्न पाउने जानकारी मतदाताले पाए । त्यो जानकारी पाएकोमा उनीहरुले नाट्यकर्मीसँग खुसी व्यक्त गरेका छन् ।
– ग्रामिण क्षेत्रका मतदाताहरुलाई कती ओटा मतपत्रमा कसरी मतदान गर्ने भन्ने अन्यौल थियो । निर्वाचन शिक्षा सम्बन्धि नाटक महादान हेरेर मनोरञ्जन लिँदै फरक फरक रँगका तीन ओटा मत पत्रमा आफुलाई मन परेको उम्मेदवारलाई स्वस्तिक छाप लगाएर मतदान गर्ने जानकारी पाएपछि स्थानीय मतदाताहरुले नाटक महादानका कलाकारलाई धन्यबाद दिएका छन् । यस्तो नाटक त गाउँपालिका र नगरपालिकामा मात्र नभएर हरेक टोलमा देखाउनु पर्ने उनीहरुको अनुरोध छ ।
माथि उल्लेख गरिएको प्रसँग सडक नाटक महादानको हो । यो नाटक १८ मँसिरबाट समापन हुँदैछ । मुलत दोस्रो चरणको निर्वाचन हुने विभिन्न ४५ जिल्लामा निर्वाचन अयोगद्धारा सञ्चालन गरिएको मतदाता शिक्षा नाटक ‘महादान’को शनिबार पनि विभिन्न जिल्लामा मञ्चन गरिएको छ । यो नाटक ४५ जिल्ला मध्य शनिबारसम्म २५ जिल्लामा मञ्चन कार्य सकिएको छ । बाँकी २० जिल्लामा मञ्चन जारी छ ।
यस्तै क्रममा प्रदेश १ को झापा, सुनसरी र उदयपुर जिल्लामा शनिबार नाटक ‘महादान’ मञ्चन भएको छ । परिवर्तन नाट्य समुहले झापास्थित बेचनाकवल गाउँपालिकाको बनियानी, भद्रपुर नगरपालिकाको चन्द्रगढी बजार, हल्दीबारी गाउँपालिकाको हल्दीबारी बजार, बिर्तामोड नगरपालिकाको बिर्ताबजार र मेची नगरपालिकाको धुलाबारी बजारमा नाटक ‘महादान’ प्रदर्शन गरेको छ । यती ठाउँको मञ्चनसँगै शनिबारबाट झापामा महादानको मञ्चान समापन भएको छ ।
यस्तै सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको बिजयपुर, बराह नगरपालिकाको चक्करघट्टी, कोशी गाउँपालिकाको लौकिही र भाक्राहा गाउँपालिकाको भोक्राहा बजारमा आरोहण गुरुकुलले नाटक मञ्चन ग¥यो । मोरङको विभिन्न स्थानमा यो नाटक सफलतापूर्व मञ्चन पछि उनीहरुले सुनसरीमा मञ्चन थालेका हुन् । यस्तै भ¥याङ नाट्य समुहले उदयपुर जिल्लाको थाक्ले गाउँपालिकाको थाक्ले र उदयपुरगढीमा नाटक महादान मञ्चन गरेका छन् ।
नजिकिदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै सांस्कृतिक संस्थान (राष्ट्रिय नाँचघर)ले आरोहण गुरुकुलको सहकार्यमा यो नाटक मञ्चन भईरहेको हो । यस्तै शनिबार प्रदेश २ को सिराहा, धनुषा र बारामा पनि नाटक ‘महादान’ मञ्चन गरिएको छ । धनुषा जिल्लाको नगराइन नगरपालिकाको गम्ली, मुख्यापट्टी गाउँपालिकाको बेहडाबेला, हसपुरकटपुला नगरपालिकाको बघचौडा, बटेश्वर गाउँपालिकाको बटेश्वर बजार र लक्ष्मीनिया गाउँपालिकाको सफहीमा लोकसंचार समुहले नाटक प्रदर्शन गर्दा गरेको छ । यस्तै गढीमाइ नाट्य समुहले बारा जिल्लाको महागढीमाई नगरपालिकाको बबाइन टोल, सिम्रनगढ नगरपालिकाको गंगानगर, सुवर्ण गाउँपालिकाको हर्दिया टोल र देवताल गाउँपालिकाको रहुवालीमा नाटक महादान भोजपुरी र नेपाली भाषामा देखाएको छ । सिराहाको कर्जनाहा नगरपालिकाको कर्जनाहा बजार, मिचैया नगरपालिकाको कटहरीचोक, धनगढीमाई नगरपालिकाको धनगढी बजार र गोलबजार नगरपालिकाको आँशुपुरमा बिराट मैथिल नाट्य समुहले नाटक देखाएको छ । यी ठाउँसँगै सिराहामा पनि नाटक महादान मञ्चन सकिएको छ ।
प्रदेश ३ को भक्तपुर जिल्लामा पनि शनिबार जगत तामाङ नेतृत्वको सेलो थिएटरले मतदाता शिक्षा नाटक ‘महादान’ देखाएको छ । तामाङका अनुसार जिल्लाको चाँगुनारायण नगरपालिकाको चाँगुनारायण, मध्यपुर थिमी नगरपालिकाको थिमी बजारमा नाटक प्रदर्शन गरियो । यी ठाउँमा नाटक महादान नेपाली, नेवारी र तामाङ भाषामा मञ्चन गर्दा दर्शकको उल्लेख्य उपस्थित भएको सेलोका कलाकारहरुले बताए ।
त्यस्तै प्रदेश ४ को तनहुँ र स्याङ्जाका स्थानिय बासिन्दाले शनिबार नाटक महादान हेर्दै मतदान कला सिकेका छन् । तनहुँ जिल्लाको ब्यास नगरपालिकाको दमौली बजार, बन्दीपुर गाउँपालिकाको डुम्रे बजार र भानु नगरपालिकाको भन्सार बजारमा भिक्टोरिया नाट्य समूहले नाटक महादान देखायो । उता हाम्रो मझेरी समूहले स्याङ्जा जिल्लाको कालिगण्डकी गाउँपालिकाको मिर्मी बजार, गल्याङ नगरपालिकाको गल्याङ बजार, चापाकोट नगरपालिकाको दर्सिङ बजारमा नाटक ‘महादान’ मञ्चन गरेको छ ।
प्रदेश ५ पुगेको साँस्कृतिक संस्थानको आकाश थापाको नाट्य टोलीले गुल्मी जिल्लाको रुरु गाउँपालिकाको बलेटक्सार, छत्रकोट गाउँपालिकाको भडेवा, दरबार गाउँपालिकाको गौडाकोट र औशिकोट नगरपालिकाको वामी टक्सारमा सडक नाटक महादान देखाएर मतदान गर्न सिकाएको छ । यहि प्रदेशमा साँस्कृतिक संस्थानकै रमेश केसी मट्टारे निर्देशीत नाट्य समूहले शनिबार नै रुपन्देहीको मायादेवी गाउँपालिकास्थित बेथरी गाउँ, कञ्चन गाउँपालिकाको गजेडी गाउँ, गैडाहवा गाउँपालिकाको सुर्यपुरा गाउँ र शैनामैया नगरपालिकाको सालझण्डीमा नाटक महादान देखायो । रुपन्देही पछि पाल्पा पुगेर आफुहरुले जिल्लाको तिनाउँ गाउँपालिकास्थित झुम्सामा नाटक ‘महादान’ मञ्चन गरेको ब्यवस्थापक पवित्रा पंगेनीले जानकारी टिपाइन् ।
यस्तै प्रदेश ६ को सुर्खेतमा पनि आरङ नाट्य समूहले नाटक मञ्चन ग¥यो । सुर्खेत जिल्लाको चौकुले गाउँपालिकाको गुठु, पञ्चपुरी नगरपालिकाको बाबियाचौर, बराहताल गाउँपालिकाको बड्डीचौर, बिरेन्द्र नगरपालिकाको बाघेसिमलमा नाटक देखाइएको नाट्य समूहका गणेश गौतमले जानकारी दिए ।
काठमाडौँ । अभिनेत्री वर्षा शिवाकोटी आगामी नेपाली सिनेमा गंगारानी मा अनुबन्धित भएकी छन् । निर्माण टिमले उनलाई औपचारिक रूपमा स्वागत...
काठमाडौँ । आजदेखि दुई नेपाली फिल्म ‘मितज्यू’ र ‘काजी’ देशभर एकसाथ प्रदर्शनमा आएका छन्। मितेरी साइनोको कथामा आधारित फिल्म ‘मितज्यू’...
काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’को वितरण अधिकार कुवेर सिने डिस्ट्रिब्युसनले प्राप्त गरेको छ । निर्माता वसन्त लम्साल र कुवेर...