
काठमाडौं । बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनलाई केन्द्रीत गरेर नेपाली काँग्रेसले देशभरका सबै पालिकाहरुमा प्रतिनिधि पठाउने भएको छ ।
शुक्रबार नेपाली काँग्रेसका उपसभापति एवम् निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षमा बसेको बैठकले देशैभरका पालिकाहरुमा निर्वाचन आचारसंहिता पालना भए नभएका अनुगमन गर्नेदेखि गठबन्धनको निर्वाचन संयन्त्रलाई सहयोग गर्ने विषयमा छलफल भएको बताइएको छ । सोही छलफलबाट सबै पालिकाहरुमा निर्वाचन केन्द्रीत कार्यक्रमका लागि र गठबन्धनका पक्षमा माहोल बनाउँन प्रतिनिधिहरु पठाउन निर्देशन दिने निर्णय गरेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए ।
त्यस्तै बैठकले सहमहामन्त्रीहरूलाई प्रदेश तहमा र प्रदेश र केन्द्रीय प्रतिनिधिहरूलाई जिल्लामा पठाइने निर्णय गरेको छ । स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति अन्र्तगत विभिन्न उपसमितिहरू पनि गठन गरिएको केन्द्रीय सदस्य नैनसिंह महले जानकारी दिए ।
केन्द्रीय निर्वाचन परिचान समितिको मताहतमा रहेने गरी भातृ संघ समन्वय एवम् परिचालन, विदेशस्थित जनसम्पर्क समिति समन्वय एवम् परिचालन, शुभेच्छुक संस्था समन्वय परिचालन, जिल्ला सम्पर्क समन्वय एवम् परिचालन, अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण, निर्वाचन सुरक्षा निकाय र आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमितिहरू गठन गरिएको छ ।
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...