धनकुटाका सबै पालिकाहरुमा सत्ता गठबन्धनका दलहरूबीच तालमेल हुने – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

धनकुटाका सबै पालिकाहरुमा सत्ता गठबन्धनका दलहरूबीच तालमेल हुने

धनकुटा । धनकुटाका सातै पालिकाहरुमा सत्तारुढ गठबन्धनका दलहरुबीच चुनावी तालमेल हुने भएको छ । धनकुटा जिल्ला कार्यसमितिका सहल्लाहकारहरुको बैठकले धनकुटाका सात वटै पालिका र ६० वटै वडाहरुमा सत्तारुढ दलहरुबीच गठबन्धन गरी चुनावमा जानुपर्ने निष्कर्श निकालेको हो ।

नेपाली कांग्रेस धनकुटा सभापति दिनेश राईको सभापतित्वमा सम्पन्न भएको सल्लाहकारहरुसंगको छलफल कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सल्लाहकारहरु प्रदेश सांसद लिला सुब्बा, नारायण रिजाल, शमसेर गोङ्वा लगायत महासमिति सदस्य सिता प्रधान, जिल्ला सदस्यहरु रेणु श्रेष्ठ, निरुपा राई लगायतले धनकुटा जिल्लाको सात पालिका र ६० वटै वडाहरुमा सत्ता वठबन्धन दलहरुविच गठबन्धन गरी निर्वाचन मा होमिएर सबै पालिका, वडाहरुमा गठबन्धनले जित्नु पर्नेमा जोड दिए ।

सत्ता गठबन्धन दलहरुविच स्थानीय तहमा सिट बाडफाँड गरी निर्वाचनमा जादाँ सबै सबै तिर गठबन्धनले जित्ने नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईले दाबी गरे ।
धनकुटामा एमालेको ज्याजती र अनियमिता अनी अधिनायकबाटी शैलीको विरुद्ध गठबन्धन भएको वताउदै नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले सहअस्तित्वको आधारमा सत्ता पक्ष दलहरुविच गठबन्धन गरी एमालेलाई धनकुटाका सवै पालिकाहरुमा परास्त गर्ने दाबी गरे ।

सत्ता गठबन्धनका दलहरुबीच चुनावी तालमेलका विषयमा निर्णय भएसंगै धनकुटाका सत्तारुढ गठबन्धनका दलहरु पालिका र वडाहरुको सिट बाँडफाँडमा व्यस्त भएका छन ।

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७९ बैशाख २, १८: ०८

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७९ बैशाख २, १८: ०८

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०७९ बैशाख २, १८: ०८

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...