महानगर र उपमहानगरकाे भागवण्डा गठबन्धनकाे साेमबारकाे बैठकले टुंगाे लगाउँने – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

महानगर र उपमहानगरकाे भागवण्डा गठबन्धनकाे साेमबारकाे बैठकले टुंगाे लगाउँने

काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरुले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेसंगै विभिन्न नगरपालिका, गाउँपालिकामा गठबन्धन गर्ने तयारीमा लागेपनि महानगरपालिका र उपमहानगरपालिकामा भागवण्डाको टुंगौ लागेको छैन ।

यसैअनुरुप आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा मिलाउँन सोमबार पुनः बैठक बस्ने बताएका छन् । सोमबारको बैठकले नै भागवण्डाको अन्तिम टुंगो लगाएर निर्णयसमेत गर्ने बैठकमा सहभागि एक काँग्रेस नेताले बताए ।

चितवनको भरतपुर महानगरपालिका र पर्साको वीरगञ्ज उपमहानगरपालिकाको भागवण्डाका विषयमा गठबन्धनका दलहरुबीच पेचिलो बनिरहेको छ । यस्तै अवस्था सृजना हुने डरले गठबन्धनले केन्द्रबाटै महानगर र उपमहानगरको भागवण्डामा सहमति गर्ने निर्णय यसअघिनै गरिसकेको छ । गठबन्धन दलका शीर्ष नेताहरुले देशभरका स्थानीय तहहरुमा गठबन्धनको अवस्थाबारे बुझ्न यसअघि नै निर्वाचन तयारी तथा अनुगमन संयन्त्र नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठन गरिसकेको छ ।

सोमबारको बैठकले देशभरका सातै प्रदेशमा चुनावी तालमेलको वर्तमान अवस्थाबाट केन्द्रीय संयन्त्रले आफ्नो रिपोर्ट प्रस्तुत गर्ने र सो बारे बैठकले निर्णय लिने बताइएको छ ।

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७९ बैशाख ४, १२: ४२

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७९ बैशाख ४, १२: ४२

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०७९ बैशाख ४, १२: ४२

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...