गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइँदै – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइँदै

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग सञ्चालनमा आउने भएको छ । निर्माण कार्य सम्पन्न भई व्यावसायिक उडानको पर्खाइमा रहेको सो धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त धावनमार्ग सञ्चालनमा ल्याउने तयारी दुत्रगतिमा बढेको बताएको छ । उड्डयन प्राधिकणलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग चाँडो सञ्चालनमा ल्याउन र कोरोना सङ्क्रमण दर पनि निकै कम, जोखिम घटेकाले २४सै घण्टा सेवा सञ्चालन गन राउन निर्देशन दिएका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीवकुमार अधिकारीले सो विमानस्थलको पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अब निर्माण सम्पन्न तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउन लागेको जानकारी दिए ।

प्राधिकरणले उक्त विमानस्थलबाट बुद्ध, यति, श्री, गुण र सौर्य गरी पाँच एयरलाइन्सले आन्तरिक उडान सुरु गर्नेछन् भने आगामी जेठ २ गते बुद्ध जयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय उडान पनि सुरु हुने जनाएको छ ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७९ बैशाख ४, १५: ००

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७९ बैशाख ४, १५: ००

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७९ बैशाख ४, १५: ००

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...